बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

विप्लव नेतृत्वको माओवादीले गुल्मीको एनसेल टावर जलायो

आइतबार, ३० जेठ २०७३, १० : ५९
आइतबार, ३० जेठ २०७३

गुल्मी - शनिवार साँझ गुल्मीको रेसुङ्गा डाँडामा रहेको एनसेल मोवाईले सेवाको टावर नेत्रविक्रम चन्द ( विप्लव ) नेतृत्वको नेकपा माओवादी कार्यकर्ताहरुले जलाएर ध्वस्त पारी दिएका छन् ।

पाँच जनाको समुहमा गएका नेकपा माओवादीका कार्यकर्ताहरुले त्यहाँ रहेका टावर हेरालु तम्घासका ज्ञानेन्द्र पाण्डेलाई नियन्णमा लिएर उनिहरुले साँझ करिव साढे ८ वजेतिर टावरमा आक्रमण गरेको त्यसका प्राविधिक अजनिश कुँवरले बताए ।

घटना स्थलमा नेपाल कम्युनिष्ट पार्टी माओवादी लेखिएको पर्चा फेला परेको काम जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी महेन्द्र नेपालले जानकारी दिए । उनले आक्रमणकारीको पहिचान र खोजी भइरहेको डिएसपी नेपालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप