बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अञ्चल अस्पतालका विरामीहरु भुईमै उपचार गराउन बाध्य

आइतबार, ३० जेठ २०७३, १७ : ०८
आइतबार, ३० जेठ २०७३

राजविराज - गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा शैय्या अभावका कारण विरामीहरु भुईमै उपचार गराउन बाध्य भएका छन् ।

अस्पतालको इमर्जेन्सी शाखामा २० वटा शैय्या मात्र रहेको र दैनिक ३५ देखि ४० सम्म विरामी थपिने गरेका कारण भुईमा राखेर उपचार गराउनु परेको इमर्जेन्सी शाखाका इन्चार्ज सुबोध मेहताले बताए ।

अस्पतालमा सवैभन्दा बढी डायरीया, सर्पदंश लगायत विरामीहरु हाल आउने गरेको बताउदै उनले वेड अभावका कारण उपचारमा समस्या भइरहेको जानकारी दिए । ‘सिकिस्त अवस्थाका विरामीहरुलाई त्यसै फर्काउन मिलेन’ उनले भने ‘त्यसैले भुईमै सुताएर भएपनि जसो तसो उपचार गर्दै आएका छौ ।’

बढ्दो गर्मीसँगै अस्पतालमा विरामीको चापसमेत बढेका कारण एक महिनादेखि शैय्या अभावले वढी समस्या हुदै आएको मेहताको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप