बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

समलिंगी नाइटक्लबमा गोलीकाण्ड : ५० जनाको मृत्यु

आइतबार, ३० जेठ २०७३, १८ : १३
आइतबार, ३० जेठ २०७३

ओर्लान्डो – अमेरिकाको फ्लोरिडास्थित ओर्लान्डोमा रहेको एक समलिंगीहरुको नाइटकल्बमा एक व्यक्तिले अन्दधुन्द गोली चलाउँदा कम्तिमा ५०  जनाको मृत्यु भएको छ भने ५०  जना घाइते भएका छन् ।

स्थानीय पल्स क्लबमा भएको गोलीकाण्डको तीन घण्टापछि मात्र प्रहरी अधिकारी त्यहाँ पुगेको थियो । केहीलाई बन्धक बनाएर राखिरहेका ती बन्दुकधारी प्रहरी कारवाहीमा मारिएको छ ।

बन्दुकधारीको नाम हालसम्म खुलाइएको छैन । उनको उमेर २० वर्षको आसपास भएको बताइएको छ ।

प्रहरीले यसलाई आतंकवादी हमला भने पनि यो अन्तरिक हो या वाह्य हो भन्ने खुलाइएको छैन ।

ओर्लान्डो प्रहरीका प्रमुख जोन मिनाले स्थानीय समय अनुसार २ बजे त्यहाँ गोलीकाण्ड भएको थियो । क्लबमा रहेका एक प्रहरी अधिकारीसँग बन्दुकधारीको भिडन्त समेत भएको थियो ।

त्यसपछि ती बन्दुकधारी क्लबमा छिरेर अन्दाधुन्द गोली प्रहार गरेका थिए भने क्लबमा रहेकालाई बन्धक बनाका थिए ।

बन्धक बनेकाहरुले फोन र मेसेस गरे पछि प्रहरी त्यहाँ ५ बजे पुगेर कारवाही गरेको थियो ।

क्लबमा कम्तिमा १ सय जना रहेको बताइएको छ ।

एक तथ्यांकका अनुसार गत वर्ष अमेरिकामा यस्तै प्रकारको ३७२ वटा गोलीकाण्ड भएको थियो । जसमा ४७५ जनाको मृत्यु भएको थियो भने १८७० जना घाइते भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप