बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

UPDATE : अपांग महिला बलात्कारको अभियोगमा सशस्त्रका जवान पक्राउ

सोमबार, ३१ जेठ २०७३, ११ : २३
सोमबार, ३१ जेठ २०७३

अपडेट : काठमाडौं - अपाङ्ग महिलालाई बलात्कार गरेको अभियोगमा सशस्त्र प्रहरीका एक जवान पक्राउ परेका छन् । आइतबार साँझ कपिलबस्तुको शिवराज नगरपालिका वडा नम्बर १० चन्द्रौटा बजारमा एक अपांग महिला बलात्कृत भएकी थिइन् । स्थानीयले सशस्त्रका ७–८ जनाको समुहमा आएका जवानहरुले ति महिलालाई बलात्कार गरेको आरोप लगाएपनि प्रहरीले भने एक जनालाई मात्रै पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय चन्द्रौटाका इन्सपेक्टर राजकुमार सिलवालले बलात्कार अभियोगमा सशस्त्रका एक जवानलाई पक्राउ गरेर अनुसन्धान थालिएको बताए । उनले ति जवानको नाम भने खुलाउन चाहेनन् । ति जवान समातिएसँगै पूर्वपश्चिम राजमार्गमा स्थानीयले गरेको अवरोध हटेको छ ।

अपडेट :

काठमाडौं –  सशस्त्रका प्रहरी जवानले एक महिलामाथि सामुहिक बलात्कार गरेको आरोप लगाउँदै आक्रोशित स्थानीयले सशस्त्र प्रहरीको गाडीमाथि तोडफोड गरेका छन् । स्थानीय तोडफोडमा उत्रिएपछि प्रहरीले लाठीचार्ज शुरु गरेको छ ।  स्थानीयहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् ।

000

काठमाडौं– कपिलबस्तुको शिवराज नगरपालिका वडा नम्बर १० चन्द्रौटा बजारमा एक अपांग महिलामाथि सशस्त्र प्रहरीका जवानहरुले सामुहिक बलात्कार गरेको आरोप लागेको छ । यस्तो आरोप लागेपछि दोषीमाथि कारबाहीको माग गर्दै अहिले स्थानीयले चन्द्रौटामा पूर्वपश्चिम राजमार्ग अवरुद्व गरेका छन् ।

चन्द्रौटा नगरपविकास समितिका अध्यक्ष हरिप्रसाद पोखरेलले आइतबार साँझ ७–८ जनाको समुहमा आएका सशस्त्र प्रहरीका जवानले ति अपांग महिलामाथि सामुहिक बलात्कार गरेको दाबी गर्दै दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले सडक अवरुद्व पारेको जानकारी दिए ।

उनका अनुसार आइतबार साँझ साँढे ६ बजेतिर सशस्त्र प्रहरी बल बिन्धयाबासिनी गणका जवानले बजार नजिकै भैंसी चराउन गएकी ति महिलामाथि बलात्कार गरेका हुन् ।

ति महिलालाई अहिले स्थानीय सञ्जिवनी सामुदायिक अस्पताल राखिएको छ  ।

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुमा सम्पर्क गर्दा आफूहरुलाई सुचना नआएको र चन्द्रौटामा बुझ्न आग्रह गरियो ।

इलाका प्रहरी कार्यालय चन्द्रौटाका इन्सपेक्टर राजकुमार सिलवालले नौलियामा भैसी चराउने गएकी ति अपांग महिलामाथि बलात्कार भएको सुचना पाएपछि आफूहरु घटनास्थल जान थालेको बताए ।

उनले घटनामा संलग्न एक जनाको पहिचान भइसहेको जानकारी दिँदै केहिबेरमा थप विवरण आउने बताए । उनले घटनामा सशस्त्रका प्रहरी बलका जवान मुछिएको आफूहरुलाई सूचना आइरहेको र सत्यतथ्य बुझ्ने क्रममा रहेको बताए ।

यसैबीच सशस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र खनालले बलात्कारमा  एक जवान संलग्न भएको पाइएको भन्दै उनीमाथि कारबाहीका लागि आफूहरुले सहयोग गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप