बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

यात्रु सवार बसमाथि तोडफोड

सोमबार, ३१ जेठ २०७३, ११ : ३२
सोमबार, ३१ जेठ २०७३

सल्यान –सल्यानमा एक सार्वजनिक बसमाथि तोडफोड भएको छ । काठमाण्डौबाट रुकुमका लागि छुटेको रुकुम यातायात प्रा.लिको ना ५ ख ७२४१ नं को बस आजबिहान ५ बजेर ५० मिनेटमा सल्यान श्रीनगरमा तोडफोड भएको हो ।

जिल्ला प्रहरी कार्यालय श्रीनगरमा गाडी इट्री गर्न रोकी राखेको बसमाथि सल्यान रुकुम यातायात प्रालीका कर्मचारीहरुले तोडफोड गरेको प्रहरीले जानकारी दिएको छ । गाडी तोडफोड गर्दा गाडीमा सवार एक जना घाइते भएका छन् ।

बस तोडफोड गरेको आरोपमा इलाका प्रहरी कार्यालय श्रीनगरले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सिन्डिकेटलाई तोडेको भन्दै रुकुम यातायात प्रालिमाथि आक्रमण हुँदै आइरहेको छ ।

राज्यलले नै सिन्डिकेट प्रथाको अन्त्य गरी सकेको भएपनि राप्ती अञ्चलमा भने सिन्डिकेट प्रथा हट्न सकि रहेको छ्रैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप