बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

एमाले ललितपुर क्षेत्र नम्बर १ को नेतृत्व सर्वसम्मत

सोमबार, ३१ जेठ २०७३, ०६ : ०७
सोमबार, ३१ जेठ २०७३

ललितपुर – नेकपा एमाले क्षेत्र नम्बर १ मा तेस्रो क्षेत्रीय अधिवेशनबाट प्रभाकर थापाको नेतृत्वमा ५१ सदस्यीय क्षेत्रीय समिति सर्वसम्मत रुपमा चयन भएको छ ।

गत जेठ २९ र ३० गतेको अधिक प्रयासपछि नेतृत्व चयन गर्न सफल भएको निर्वाचन मण्डलका अध्यक्ष सुशीला नेपालले बताए ।

अधिवेशनले क्षेत्रीय उपाध्यक्षमा कवीन्द्र लामा, सचिवमा पुरुषोत्तम हुमागाईं, उपसचिवमा राजेन्द्र न्यौपानेलाई चयन गरेको छ । यसैगरी सदस्यमा दर्शनकुमार विष्ट, विष्णुहरि नकर्मी, रामकुमार केसी, मैया केसी, कुमार न्यौपाने, रवीन्द्र सिलवाल, चीन लामाल, धु्रव सापकोटा, लक्ष्मण न्यौपाने, गायत्री केसी, केशव गिरीलगायत रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष थापाले आफ्नो तीनवर्षे कार्यकालमा सङ्गठनलाई पूर्णरुपमा चलायमान बनाएर पार्टीलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले पार्टीले दिएको निर्देशनलाई सदैव आत्मसात् गर्दै अघि बढ्ने सङ्कल्प गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप