बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कञ्चनपुरमा भारतीय नागरिकको शव फेला

सोमबार, ३१ जेठ २०७३, १२ : १५
सोमबार, ३१ जेठ २०७३

कञ्चनपुर - कञ्चनपुरको बेलौरी नगरपालिका–५ मा आज एक जना भारतीय नागरिकको शव फेला परेको छ ।

भारतको उत्तर प्रदेशको कमलापुरी कलौनी बस्ने ७५ वर्षीय रामविलासको शव प्रहरीले उखु बारीमा फेला पारेको हो ।

“साइकलसहित उखु बारीमा शव फेला पारेका छौँ” इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक भरत चौधरीले भने । शवको अनुसन्धानको कार्य भइरहेकाले मृत्युको कारणबारे अहिलेनै भन्न नसकिने उनले बताए ।

भारतमा रहेका उनका आफन्तलाई खबर गरिएकाले आए पछि घटनाबारे थप जानकारी हुने उनको भनाइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप