बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

आयरल्याण्डमा चितवन युवा समूह गठन

सोमबार, ३१ जेठ २०७३, १२ : १६
सोमबार, ३१ जेठ २०७३

आयरल्याण्ड–यूरोपियन देश आयरल्याण्डमा छरिएका चितवन गृहजिल्ला हुनेहरु संगठित भएका छन् । शनिवार भएको भेलाले चितवनको बिकासमा टेवा पुर्याउने उद्देश्यले चितवन युवा समूहको तदर्थ समिति गठन गरेकोे छ । चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका सल्लाहकार सोम सापकोटाको पहलमा भएको भेलाले चेतराज ओलीको संयोजकत्वमा समिति गठन गरेको छ । समितिको प्रमुख सल्लाहकारमा गंगाराम कंडेल रहेका छन् । समितिको सदस्यमा ओम अधिकारी, विवेक सापकोटा, गणेश गुरुङ्ग, होमनाथ पोखरेल, शिव थापा, अन्तिम उप्रेती, मिलन ओली, गणेश न्यौपाने, काजिमान श्रेष्ठ, भरत सुवेदी, दीपक ढकाल, राजकुमार सुवेदी र चिन्तामणी सापकोटा छन् । कार्यक्रमलाई भिडियो कन्फ्रेन्स मार्फत शुभकामना दिदैं अन्तर्राष्ट्रिय समन्वय समितिका सल्लाहकार सापकोटाले चितवनबासीको एकता सहकार्य र सद्भावनामा ऐक्यवद्धता जनाए । त्यस्तै चितवन युवा समिति अन्तर्राष्ट्रिय समन्वय समितिका प्रवास संयोजक समाजसेवी समीर केसी, चितवन युवा समूह कतार, चितवन सेवा समाज बहराईन, चितवन समाज यूएई, चितवन समाज इजराल, चितवन सम्पर्क समिति दक्षिण कोरिया, चितवन सामाज जापान, चितवन मैत्री समाज अबुधावी र चितवन सेवा समाज कुवेतका प्रतिनिधिले समितिलाई शुभकामना दिएका छन । त्यस्तै नेपालबाट चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका महासचिव क्षेत्रप्रसाद देवकोटाले पनि शुभकामना दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप