बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

शिक्षक दंगालको घरबाट २० हजारसहित चारथान मोबाइल चोरी

सोमबार, ३१ जेठ २०७३, १२ : २०
सोमबार, ३१ जेठ २०७३

काठमाडौं– कागेश्वरी–मनहरा नगरपालिका–१० मूलपानी हाइटनिवासी शिक्षक गुरुप्रसाद दंगालको घरमा चोरी भएको छ । सोमवार बिहान तीन बजे पाँचजनाको समूहमा आएका चोरले शिक्षक दंगालको घरको मेनगेट तोडी करिब २० हजार रुपैयाँ र चार थान मोबाइल सेट चोरेको पार्वती दंगालले बताइन् । ‘चोरले दराज फोडेर पैसा लग्यो । सुन दराजमै भए पनि देखेनन्,’ दंगालले भनिन्, ‘हामी मूकदर्शक बनेर बस्नुको विकल्प थिएन ।’ सामान्य घाइते भएकी उनको खुट्टामा चोट लागेको छ । श्रीमती दंगालका अनुसार, १७ वर्षीय छोरा निशान दंगाललाई चोरले कुटपिटसमेत गरेको थियो । जोरपाटीको नारायणटारमा रहेको शंकरापुर अस्पतालमा उपचार गराइरहको निशानको गालामा १६ टाँका र खुट्टामा आठ टाँका लगाइएको छ । यसैगरी, चोरले प्रहार गरेको रडले लागी गुरुप्रसाद दंगालको कानमा चोट लागेको छ । नवीन ग्राम प्रावि नाङ्लेभारे काठमाडौंमा अध्यापनरत दंगालको घर प्रवेश गरेका चोरले हल्ला गरे ज्यान मार्ने धम्की दिँदै लुटपाट गर्दासमेत छिमेकीले सुइँकोसम्म पाउन सकेनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप