बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सशस्त्र द्वन्द्वका घटनाको न्यायिक छानबिन हुन्छ – मन्त्री ढकाल

सोमबार, ३१ जेठ २०७३, १२ : ३९
सोमबार, ३१ जेठ २०७३

सोलुखुम्बु  - शान्ति तथा पुनःनिर्माण मन्त्री एकनाथ ढकालले सशस्त्र द्वन्द्वका बेला भएका घटनाको यथार्थ छानबिन हुने बताएका छन् ।

आज यहाँ आयोजित द्वन्द्वपीडित मृतक तथा बेपत्ता परिवारको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले सत्य निरुपण आयोगले उजुरी दर्ता गरिरहेको भन्दै त्यहाँ परेका उजुरीमाथि न्यायिक छानबिन हुने बताए । दोषी त्यत्तिकै उम्कन पाउँदैन भन्दै उनले आयोगबाट दोषी ठहरिएकालाई कानुनी कारबाही हुनेमा विश्वास गर्न आग्रह गरे ।

स्थानीय शान्ति समितिको आयोजनामा भएको सो कार्यक्रममा भाग लिन आउनुभएका मन्त्री ढकालले सम्मान कार्यक्रमअघि शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत जिल्ला सदरमुकाममा सञ्चालन भइरहेको विभिन्न निर्माण कार्यको अनुगमनसमेत गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप