बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बालबालिकाले गरे धुर्मुस सुन्तलीलाई १ लाख २० हजार सहयोग

सोमबार, ३१ जेठ २०७३, १३ : १६
सोमबार, ३१ जेठ २०७३

काठमाडौं–गीरान्चौर एकीकृत बस्ती निर्माणमा जुटेका हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई नेपालकै पहिलो बालमैत्री नगरपालिका सुनवलका बालबालिकाले १ लाख २० हजार रुपैँया सहयोग गरेका छन् । नगरपालिकामा रहेका १ सय १७ बाल क्लबहरुले सुनवलबासीबाट रकम संकलन धुर्मुस सुन्तलीलाई सहयोग गरेका हुन् । गिरान्चौर नेपालकै पहिलो बालमैत्री, अपाङ्गमैत्री र वातावरणमैत्री एकिकृत नमुना बस्ती बन्न लागेकाले उक्त सहयोग गरेको सुनवल नगरबाल क्लबकी संस्थापक अध्यक्ष विपना शर्माले बताएकी छिन् । देशभर रहेका २१ हजार बालक्लबहरुलाई बन्दै गरेका बालमैत्री एकिकृत बस्ती निर्माणमा सहयोग गर्नुपर्छ भन्ने सन्देश दिनका लागि पनि यो सहयोग गरेको उनको भनाई छ । सुनवलबाट बालबालिकाको समूह गिरान्चौरमा नै पुगेर उक्त सहयोग हस्तान्तरण गरेका छन् । सुनवल नगरपालिकाको सहयोगमा प्रत्येक घरघर पुगेर संकलन गरिएको उक्त रकम बस्तीमै पुगेर हस्तान्तरण गर्न पाउँदा निकै खुशि लागेको सुनवल नगर बाल सञ्जालकी अध्यक्ष वर्षा गैरेले बताएकी छिन् । बालबालिकाले पनि आवश्यक पर्दा सहयोग गर्न सक्छन्, भन्ने उदाहरणका लागि पनि यो कार्य गरिएको उनको भनाई छ । सहयोग रकम बुझ्दै धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बालबालिकाले गरेको उक्त सहयोगको प्रशंसा गरेका छन् । बालमैत्री समाजमा हुर्केका बालबालिकाको सोच नै फरक हुने भएकाले नै आफुहरुले गिरान्चौरलाई बालमैत्री एकिकृत बस्ती बनाउने प्रण गरेको उनले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप