बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

६ किलो सुनसहित समातिएका तामाङ सार्वजनिक

सोमबार, ३१ जेठ २०७३, १३ : ३३
सोमबार, ३१ जेठ २०७३

रसुवा–६ किलो अवैध सुनसहित आइतबार रसुवागढीबाट समातिएका टिमुरे–५ का २७ वर्षीय काङ्काङ् तेन्जेन तामाङलाई प्रहरीले आज धुन्चेमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । सिमा प्रहरी चौकी टिमुरे र प्रहरी चौकी रसुवागढीबाट खटिएको प्रहरी टोलीले उनलाई चेकजाँच गर्दा पहेलो रंगको कपडामा खण्ड खण्ड गरी धागोले सिलाई कम्मरमा बाँधी ल्याएको अवस्थामा उक्त सुन बरामद भएको थियो । रसुवा प्रहरीले उनलाई अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीको लागी राजश्ब अनुसन्धान बिभाग हरीहर भवन पुल्चोक पठाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप