बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

झापाबाट पनि पूर्वराजासहित पूर्वप्रधानमन्त्रीहरुबिरुद्ध उजुरी

सोमबार, ३१ जेठ २०७३, १३ : ५७
सोमबार, ३१ जेठ २०७३

काठमाडौं – भैरवनाथ गणबाट आफ्ना छोरा बेपत्ता पारिएको भन्दै झापाका भीमबहादुर बस्नेतले पूर्वराजा ज्ञानेन्द्र शाहदेखि पूर्वप्रधानमन्त्रीहरुबिरुद्ध बेपत्ता आयोगमा उजुरी दर्ता गराएका छन् । उनले वि.सं. २०६० मंसिर २८ गते काठमाडौंको कलंकी चोकबाट बिहान करिब ७ बजेतिर भैरवनाथगणबाट आएका तत्कालिन शाही सेनाका फौजले गिरफ्तार गरी लगेको र महाराजगञ्जस्थित भैरवनाथ गणमा लगि सैन्य हिरासतमा राखिएको र त्यहीँबाट बेपत्ता पारिएको उजुरी गरेका छन् । बेपत्ता पारिएका धिरेन्द्र बस्तेन त्यतिबेला २० वर्षका थिए । उनी रत्नराज्य क्याम्पस काठमाडौंमा स्नातक प्रथम वर्षका विद्यार्थी थिए ।

पूर्व राजासहित निम्नहरु बिरुद्ध उजुरी परेको छ :

- ज्ञानेन्द्र शाह, तत्कालिन राजा । - सूर्यबहादुर थापा, तत्कालिन प्रधानमन्त्री । - शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री । (संकटकाल अनुमोदन गरी व्यक्ति बेपत्ता र हत्यालाई प्रश्रय दिएको ।) - कमल थापा, तत्कालिन गृहमन्त्री । - माधवकुमार नेपाल, तत्कालिन महासचिव, नेकपा (एमाले) ।(संकटकाल अनुमोदन गरी व्यक्ति बेपत्ता र हत्यालाई प्रश्रय दिएको ।) - रामचन्द्र पौडेल, तत्कालिन नेता, नेपाली काँग्रेस । (संकटकाल अनुमोदन गरी व्यक्ति बेपत्ता र हत्यालाई प्रश्रय दिएको ।) - के.पी. शर्मा ओली, तत्कालिन नेता, नेकपा (एमाले) । (संकटकाल अनुमोदन गरी व्यक्ति बेपत्ता र हत्यालाई प्रश्रय दिएको ।) - प्याराजंग थापा, तत्कालिन प्रधानसेनापति । - तत्कालिन रक्षा सचिव - अनन्तराज शर्मा, तत्कालिन गृहसचिव । - चण्डिप्रसाद श्रेष्ठ, तत्कालिन गृहसचिव । - श्यामभक्त थापा, तत्कालिन प्रहरी महानिरिक्षक । - ले.क. राजु बस्नेत, तत्कालिन भैरवनाथ गणका गणपति । - मेजर विवेक विष्ट, भैरवनाथ गण । - क्या. इण्दिवर राणा, भैरवनाथ गण । - दिलिप रायमाझी, तत्कालिन सैन्य गुप्तचर विभाग प्रमुख ।

त्यस्तै, भीमबहादुरले अर्का छोरा पुष्पराज बस्नेत बेपत्ता पारिएको विषयमा पनि उजुरी दिएका छन् । उनलाई वि.सं. २०६० मंसिर १९ गते काठमाडौंको कालिमाटीबाट करिब दिउँसो २ बजेतिर सादा पोसाकमा आएका तत्कालिन शाही सेनाका फौजले गिरफ्तार गरी लगेको उजुरीमा लगेको उल्लेख छ । सोही दिन साँझ ६ः३० बजे कान्तिपुर एफएमको समाचार सुनी उक्त कुरा परिवारले थाहा पाए पछि कालिमाटीमा बुझ्दा सादा पोशाकको सैन्य टोलीले आँखा छोपी गाडिमा हालेर लगेको बताएका थिए । पछि बुझ्दा सोही दिन महाराजगञ्जस्थित भैरवनाथ गणमा लगि सैन्य हिरासतमा राखिएको परिवारले पत्ता लगाएका थिए । उनी रत्नराज्य क्याम्पस काठमाडौंमा स्नातक तेस्रो वर्षका विद्यार्थी थिए । पूर्व राजासहित निम्नहरु बिरुद्ध उजुरी परेको छ ः - ज्ञानेन्द्र शाह, तत्कालिन राजा । - सूर्यबहादुर थापा, तत्कालिन प्रधानमन्त्री । - शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री । - कमल थापा, तत्कालिन गृहमन्त्री । - माधवकुमार नेपाल, तत्कालिन महासचिव, नेकपा (एमाले) । - रामचन्द्र पौडेल, तत्कालिन नेता, नेपाली काँग्रेस । - के.पी. शर्मा ओली, तत्कालिन नेता, नेकपा (एमाले) । - प्याराजंग थापा, तत्कालिन प्रधानसेनापति । - तत्कालिन रक्षा सचिव - अनन्तराज शर्मा, तत्कालिन गृहसचिव । - चण्डिप्रसाद श्रेष्ठ, तत्कालिन गृहसचिव । - श्यामभक्त थापा, तत्कालिन प्रहरी महानिरिक्षक । - ले.क. राजु बस्नेत, तत्कालिन भैरवनाथ गणका गणपति । - मेजर विवेक विष्ट, भैरवनाथ गण । - क्या. इण्दिवर राणा, भैरवनाथ गण । - दिलिप रायमाझी, तत्कालिन सैन्य गुप्तचर विभाग प्रमुख ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप