बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

आगामी वर्षभित्रै काभ्रेको डाडापारि मोटरबाटोको संजालभित्र

सोमबार, ३१ जेठ २०७३, १५ : १७
सोमबार, ३१ जेठ २०७३

काभ्रे–राजधानीसँगै जोडिएको जिल्ला भएर पनि काभ्रेको कर्णाली भनेर चिनिने डाडापारि क्षेत्र आगामी वर्षभित्रै सडक संजालसँग जोडिने भएको छ । काभ्रे क्षेत्र नं. १ का सांसद सदस्य तीर्थ लामाको पहलमा निर्माण आरम्भ भएको सडकखण्डको काम तीब्र गतिमा अघि बढेसँगै यस भेगका जनतामा यातायात पहुँचको आशा पलाएको हो । मोटर सुविधाका लागि १ दिनभन्दा बढिको पैदल यात्रा गर्न बाध्य यस भेगका ५ गाविस बुढाखानी, फोक्सिङटार, वनखुचौर, घर्तिछाप र गोकुलेमा मोटरबाटो पु¥याउन सांसद लामाले २०७० मंशिर ४ को संविधानसभा निर्वाचनबाट निर्वाचित भएलगत्तै केन्द्रिय स्तरबाटै योजना पार्ने काम गरेका थिए । अहिलेसम्म ६ करोड २५ लाख बजेट यस योजनामा परिसकेको तथा यस वर्ष थप १० करोड बजेट पार्ने काम भएको सांसद लामाले बताए । प्रजातन्त्र प्राप्तिपछि २०४८ मा भएको आम निर्वाचनसँगै यस भेगका जनतालाई मोटरबाटोको आश्वासन दिएर भोट बटुल्ने मात्र काम गरेका यसअघिका जनप्रतिनिधीहरुको व्यवहारबाट निराश भएका यहाँका जनता मोटरबाटोको निर्माणको काम तिब्र गतिमा अघि बढेसँगै हर्षित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप