बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

जिस्म नेपाली फिल्मको ट्रेलर रिलिज

सोमबार, ३१ जेठ २०७३, १५ : २६
सोमबार, ३१ जेठ २०७३

काठमाडौँ- पछिलो समय विभिन्न कारणले चर्चामा रहेको चलचित्र जिस्म असार ३१ बाट प्रदर्शनी मा आउने भएको छ | राजु गिरि प्रोडकसनको प्रस्तुतिमा रहेको  सो फिल्म का निर्देसक राजु गिरि नै रहेका छन् |

अर्चना पनेरु चलचित्रमा मुख्य भूमिका मा देखिएकी  छन् | सो चलचित्र अर्चना पनेरु को पहिलो फिल्म मानिएपनि प्रदर्शन मिति को हिसाब ले दोस्रो फिल्म बन्न पुगेको छ | फिल्म ‘जिस्म’को लागि अर्चनालाई ४ लाख रुपैयाँ पारिश्रमिक दिइसकेको निर्देशकले बताएका छन् ।  चलचित्रमा अर्चना पनेरु बाहेक सुरेन्द्र बुढाथोकी मुख्य भूमिकामा देखिन्छ | चलचित्र का निर्माता भने काज़ल र रिया गिरि रहेका छन् |

'आफु बेचिएर अरुको कल्याण हुन्छ भने आफु बेचिन तयार र  नचाहे पनि सो धन्दा मा लाग्नु पर्ने स्तिथि फिल्म को बिषयबस्तु रहेको र स्टोरीमा दम भएका कारण हिन्दि संग तुलना गर्न मिल्ने '  निर्देशक राजु गिरि को भनाइ छ |

सो फिल्म 'ग्लामर' बाट पुनानामकरण गरि ” जिस्म” राखिएको हो | फिल्ममा संगीत योगेश काजीको रहेको छ भने छायांकन रामेश्वर कार्की को रहेको छ | यस  फिल्मलाई  श्रीराम बालाजी फिल्म ले  असार ३१ गते बाट देशभर प्रदर्शनी मा ल्याउदै  छ  भने अन्तराष्ट्रिय रिलिजको जिम्मा  हाइलाइत्स नेपालले  लिएको छ|

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप