बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

गाजलुको व्यापार : ३ दिनमा २ करोड ?

सोमबार, ३१ जेठ २०७३, १५ : ३२
सोमबार, ३१ जेठ २०७३

काठमाडौं – शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र गाजलुले आक्रामक व्यापार गरेको छ । अधिकांश हलहरु हाउसफूल भएका छन् । काठमाण्डौं, पोखरा र नारायणघाट लगायत देशभरका अधिकांश हलहरुमा सोमबारसम्म पनि दर्शकको घुइँचो उस्तै छ ।

प्रदर्शनको पहिलो दिन ५० लाखको आक्रामक ओपनिङ गरेको र आइतबारसम्मको व्यापार जोड्दा २ करोड नजिक पुगेको निर्माता रोहित अधिकारीले दाबी गरेका छन् ।

उपत्यकाका २१ र उपत्यका बाहिर ६० वटा हलहरुमा गाजलुको प्रदर्शन भइरहेको छ । प्रदर्शन अघि नै गाजलुलाई वहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको थियो ।

पूर्व कुमारी युवतीको प्रेम सन्दर्भ समेटिएको गाजलुको निर्देशन हेमराज वि.सीले गरेका हुन् । गाजलुमा चर्चित युवा स्टार अनमोल केसी, पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ*, सलोन बस्नेत, गौरव पहारी लगायतको अभिनय रहेको छ ।

शनिबारदेखि अष्ट्रेलियाको सिड्नी आइतबारदेखि मेलवन शहरमा गाजलुको प्रदर्शन शुरु भएको छ । त्यहाँ पनि हाउसफूल भएको निर्माता अधिकारीले बताए ।

शुरुवातमै आक्रामक व्यापार गरेको गाजलुले सर्वाधिक कमाइको रेकर्ड बनाउने सम्भावना प्रबल देखिएको छ । अहिलेसम्म चलचित्र ड्रिम्सले ६ करोडको सर्वाधिक व्यापार गरेको छ ।

* सच्याइएको

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप