बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सीमांकनको हेरफेर गर्ने प्रतिबद्धता नआएसम्म वार्ता हुन्नः सोनल

सोमबार, ३१ जेठ २०७३, १८ : ४२
सोमबार, ३१ जेठ २०७३

काठमाडौं - मोर्चाकै एक घटक तराई मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री जीतेन्द्र सोनलले अहिलेकै अवस्थामा वार्ता हुन नसक्ने बताएका छन् । सोनलले आफुहरु अघि सारेका जायज मागप्रति पत्रमै स्पष्ट हुनेगरि प्रबिद्धता आएमात्रै वार्ता हुने नभए नहुने जिकिर गरेका हुन् ।

रिर्पोटर्स क्लबमा बोल्दै महामन्त्री सोनलले भने,‘मुख्यगरि सरकारबाट सीमाकनको हेरफेर गर्ने प्रतिबद्धता आउनुपर्¥यो, अनि मात्रै हामी वार्तामा बस्छौं, होईन भने अहिलेको अवस्थामा वार्ता सम्भव छैन् ।’

उनले प्रधानमन्त्रीले दुईतिहाईको समर्थनमा संविधान संशोधन गर्ने खालको प्रतिबद्धता समेत व्यक्त गर्नुपर्ने धारणा राखे । सोनलले यसअघि सरकारसँग ३६ पटक वार्ता भएपनि त्यसलृे कुनै परिणाम ननिस्किएको भन्दै यसपटक सार्थक वार्ताको लागि आफूले अघि सारेको कुराहरु प्रतिबद्धतामा आए वार्ताबाट समाधान निस्किने विश्वास व्यक्त गरे ।

उनले प्रधानमन्त्रीले चिठ्ठी काटेर मधेशी दलको कार्यालयलाई हुलाक कार्यालय बनाउन खोजेका टिप्पणी गरे । उनले भने,‘तर उहाँ हाम्रा मागप्रति त्यति गम्भिर हुनुहुन्न ।’

संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले संघीय गठबन्धनकै स्वामित्वमा अहिले आन्दोलन भैरहेकोले चिठ्ठी पनि गठबन्धनकै नाममा आउनुपर्ने बताए । यद्धपी उनले गठबन्धन वार्ताको विरोधी नभएको स्पष्ट पारे । उनले चिठ्ठीको व्यहोरा हेरेमात्रै गठबन्धनले सामूहिक निर्णय लिने जानकारी दिए ।

सह–अध्यक्ष श्रेष्ठले सरकार फुटाउ अनि शासन गर भन्ने रणनीतिका साथ प्रस्तुत भैरहेको बताउँदै भने,‘मोर्चाको पनि आफ्नै अस्तित्व छ, तर मोर्चाकै पहलमा संघीय गठबन्धन बनेकोले चिठ्ठी पनि यसकै नाममा आउनुपर्छ भन्ने हाम्रो भनाई हो ।’

उनले आफूहरुले सरकारसँग ३६ बुँदे माग राखेको उल्लेख गर्दै अहिलेसम्म सरकारले कुनै माग पूरा नगरेको आरोप लगाए । आफूहरु वार्ताबाटै मुलुकको समस्या हल होस भन्ने पक्षमा रहेको उनको भनाई थियो । उनले भने,‘हामी वार्ताको विरोधी होईनौं, विरोधी भएको भए हामी ३६ पटकसम्म किन वार्तामा बस्थ्यौं र ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप