बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

लभ सब अब घरमै हेर्न पाइने , युट्युबमार्फत पुरा फिल्म सार्वजनिक

सोमबार, ३१ जेठ २०७३, १५ : ४७
सोमबार, ३१ जेठ २०७३

काठमाडौँ- चलचित्र ‘लभ सब’ दर्शक माझ रुचाइएको सफल चलचित्र हो । हरि ओम सिने मकेर्सको प्रस्तुति लभ सब का निर्देसक देव कुमार श्रेष्ठ हुन् भने निर्माता सुशील कुमार पोखरेल हुन् | यो चलचित्र दुई जना प्रेमी तथा एउटी प्रेमिकाबीचको प्रेमको वरिपरि घुमेको छ । ‘सायद’बाट प्रभाव जमाएका नायक संयम पुरीले चलचित्र ‘लभ सब’मा टुहुरो एवं बहिरो युवकको भूमिका निर्वाह गरेका छन् | ‘होस्टल’बाट धेरैको मन जितेका नायक सलोन बस्नेत तथा हास्यकलाकार शिशिर भण्डारीले चलचित्र ‘लभ सब’मा पनि दर्शकहरूलाई मनग्गे हँसाउछन् । सलोन यो चलचित्रमा लफंगा युवकको भूमिकामा छन् भने शिशिर जुत्ता सिलाउने काम गर्छन् । संयम र सलोन धनी परिवारकी युवती करिश्माप्रति आकर्षित छन्, तर त्यसमा केही झमेला आइलाग्छ ।

प्रेम र त्यागको कथामा हास्यरस मिसाइएको चलचित्र ‘लभ सब’ लाई दर्शकहरु बिशेसत: युवाहरुले अत्यधिक रुचाएका थिए | लभ सब हेर्न नपाएका दर्शक हरु ले अब घर मै बसेर सो चलचित्र हेर्न पाउने छन् | लभ सब चलचित्र हालै युत्युब मार्फत सार्वजनिक गरिएको छ | चलचित्र सावजनिक भएको २४ घण्टा नाबिद्दै ४० हजार भन्दा बढीले सो चलचित्र हेरेका थिए |

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप