बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

हरुवा चरुवाहरुको जीवनयापन सहज गर्न सिपको ज्ञान आवश्यक

सोमबार, ३१ जेठ २०७३, १५ : ५५
सोमबार, ३१ जेठ २०७३
राजविराज– हरुवा चरुवाहरुलाई सिप बारे ज्ञान गराए मात्र उनीहरुको आर्थिक उन्नति हुने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । वर्षौवर्षदेखि सकसपूर्ण तरिकाले जीवनयापन गरिहेका हरुवा चरुवाहरुको जीवन सहज गर्न एक मात्र विकल्प लघु सिप रहेको स्पष्ट गर्दै वक्ताहरुले यस्तो बताएका हुन् । राजविराजमा सोमवार जिल्लाको ४ गाविसका हरुवा चरुवा परिवारलाई लक्षित गरी डिटर्जेन्ट पाउडर बनाउने तालिमको उद्घाटन गर्दै वक्ताहरुले यस्तो बताएका हुन् । तपेश्वरी समाज कल्याण संघ र मानव अधिकार तथा ग्रामिण युवा परिवर्तन नेपाल (हुर्क) नामक संस्थाले तालिमको आयोजना गरेको हो । द फ्रिडम फण्ड, जेनेभा ग्लोबल र घरेलु तथा साना उद्योग कार्यालय राजविराजको सहयोगमा आयोजित दुई दिने तालिममा को. बरसाइन, कोइलाडी, धर्मपुर र ठेलीयाका हरुवाचरुवा परिवारका ४८ जना महिलाको सहभागीता रहेको छ । आर्थिक रुपले कमजोर रहेका हरुवा चरुवाहरुलाई आत्मनिर्भर बनाउन तालिम सञ्चालन गरिएको कार्यक्रम सयोजक प्रदिपकुमार जोशीले बताए । मानव अधिकार तथा ग्रामिण युवा वरिवर्तन नेपालका अध्यक्ष पार्थो सरकारको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ शाखा सप्तरीका पूर्व अध्यक्ष व्यासशंकर उपाध्यायको प्रमुख अतिथ्यमा आयोजित कार्यक्रममा प्रेस काउन्सिलका पूर्व सदस्य देवरामप्रसाद यादव, पत्रकारद्वय श्यामसुन्दर यादव, दिनेश शर्मा, छिन्नमस्ता एफएमका स्टेशन म्यानेजर शिवप्रताप साह, आरआरएनका प्रनितिधि दिनेश आर्याल, पूर्व अधिकृत रघुवर साह, सहभागी रिता विक लगायतले तालिम उद्घाटनका अवसरमा मन्तव्य व्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप