बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बिर्तामोडमा फोर्स मोटर्सका गाडी बिक्री शुरु

सोमबार, ३१ जेठ २०७३, १५ : ५६
सोमबार, ३१ जेठ २०७३
काठमाडौं–पूर्वमा पहिलोपटक झापाको बिर्तामोडमा फोर्स मोटर्सका गाडीको विक्री शुरु भएको छ । फोर्स मोटर्सको मेची अञ्चलका लागि आधिकारिक विक्रेता सिद्धार्थ अटो टे«डिङ प्रालिले झापाको बिर्तामोड–७ (भद्रपुर रोड)मा कार्यालय स्थापना गरी सोमवारबाट उक्त गाडीको औपचारिक विक्री शुरु गरेको हो । फोर्स मोटर्स लिमिटेड भारतका इन्टरनेशनल सेल्स डिभिजनका सहप्रबन्धक सुनिल शंकले र फोर्स मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिका प्रबन्ध निर्देशक राजन लम्ससंयुक्त रुपमा विक्री केन्द्रको उद्घाटन गरेका हुन् । फोर्स मोटर्सका ब्राण्डहरु ट्याक्स क्रुसर जीप, ट्याक्स कार्गो किङ (पिकअप), ट्रोम्प ४०, बलवान ट्याक्टर लगायतका गाडीको लञ्चिङ पनि सो अवसरमा गरिएका जनाइएको छ । कार्यक्रममा फोर्स मोटर्सका उत्पादनहरु ट्राभलर मिनि बस, ट्याक्स गोर्खा जीप, फोर्स एम्बुलेन्स लगायतका गाडीको बारेमा पनि जानकारी गराइएको थियो । चारपाने घाग्रापुल नजिकै रहेको फोर्सका गाडीको मर्मत केन्द्रको पनि सोमवार नै उद्घाटन गरिएको छ । फोर्स मोटर्सको विक्रीपछिको सेवालाई प्राथमिकताका साथ अघि बढाउन सिद्धार्थ अटो टे«डिङले सेल्स, सर्भिस र पार्टस विक्रीको सेवा पनि शुरु गरेको प्रबन्ध निर्देशक वीरवहादुर गुरुङले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप