बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सुनको मुल्यमा निरन्तर वृद्धि, तोलाको ५६ हजार ३ सय पुग्यो

सोमबार, ३१ जेठ २०७३, १६ : ०६
सोमबार, ३१ जेठ २०७३
काठमाडौं–नेपाली बजारमा सुनको मुल्यमा निरन्तर वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मुल्य वृद्धिको असर नेपाली वजारमा समेत परेपछि सोमवार छापावाल सुनको मुल्य प्रतितोला ५६ हजार ३ सय पुगेको हो । अघिल्लो दिनको तुलनामा सोमवार प्रतितोला २ सय रुपैयाँ महंगोमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुन प्रतितोला ५६ हजार ५० रुपैयाँ र असली चाँदी ७ सय ९० रुपैयाँमा कारोवार भैरहेको महासंघले जनाएको छ । आइतवार छापावाल सुन प्रतितोला ५६ हजार १ सय र तेजावी सुन ५५ हजार ८ सय ५० रुपैयाँमा कारोवार भएको थियो । गत साताको शुक्रवार छापावाल सुन प्रतितोला ५५ हजार ९ सय, तेजावी ५५ हजार ६ सय ५० र चाँदी ७ सय ८५ रुपैयाँमा कारोवार भएको थियो । अन्तर्राष्ट्रिय बजार मुल्यमा आएको वृद्धिसंगै नेपाली वजारमा पनि गत विहीवारदेखि लगातार सुनको मुल्य वढ्दै गएको हो । बिहीवार प्रतितोला ४ सय रुपैयाँ वढेको सुन शुक्रवार ३ सय, आइतवार २ सय र सोमवार पनि २ सय रुपैयाँ वृद्धि भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप