बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

एनसेल टावरमा आगजनीको आरोपमा विप्लव माओवादीका नेता पक्राउ

सोमबार, ३१ जेठ २०७३, १५ : ११
सोमबार, ३१ जेठ २०७३
उदयपुर – एनसेलको टावरमा आगजनी गरेको आरोपमा नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपा माओबादीका दुईजना कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा जिल्लास्तरीय कार्यकर्ता पूर्णबहादुर तामाङ र राजन आचार्य रहेको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ । उनीहरुलाई जिल्लाको रामपुर ठोक्शीला ७ को टावरमा आगजनी गरेको आरोपमा सोमबार बिहान पक्राउ गरिएको प्रहरी उपरिक्षक नरबहादुर केसीले बताए । तामाङ्ग विप्लव समूहको उदयपुर क्षेत्र नं. १ का अध्यक्ष हुन भने आचार्य सचिव रहेको माओवादीका जिल्ला सेक्रेटरी केदार कुमार राईले बताए । टावर आगजनीमा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको र प्रहरीले झुटा मुद्दा लगाएर फसाउन खोजेको आरोप लगाए । उनले पक्राउ परेको तामाङ्ग अपाङ्ग र आचार्य बृद्ध रहेकोले उनीहरुले आगजनी गर्न नसक्ने दावी गरे । ठोक्शीला ७ को गुरुङचौरीमा रहेको एनसेल टावर र जिल्लाकै रौता गाविसको वडा नं. ९ मुर्कुचीस्थित टावरमा अज्ञात समूहले आईतबार विहान एकैचोटी आगजनी गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार आगजनीबाट टावरमा के कति भयो भन्ने यकिन गर्न भने बाँकी छ । एनसेलको प्राविधिक टोलीले घटनास्थलको अनुगमन गरेपछि मात्र क्षति विवरण आउने प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप