बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

‘अख्तियारको अनुसन्धान प्रजारबाजी जस्तो भएको गुनासो’

सोमबार, ३१ जेठ २०७३, १६ : २५
सोमबार, ३१ जेठ २०७३

पोखरा –अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान प्रचारवाजी जस्तो मात्र भएको एक कार्यक्रमका वक्ताले वताएका छन् । सोडेक नेपालको आयोजनामा सोमवार पोखरामा भएको सुशासनमा संञ्चारकर्मीको भूमिका विषयका छलफल कार्यक्रमका वक्ताहरुले सो कुरा वताएका हुन् । अख्तियार जस्तो निकायले भित्रि अनुसन्धान मार्फत भ्रष्टाचारलाई नियन्त्रण गर्नु पर्नेमा अख्तियार क्षेत्रीय कार्यालय पोखराका केही कर्मचारीहरु फिल्डमा आफै गएर फाईल अड्काएर वस्ने गरेको उनीहरुले आरोप लगाएका छन् । कार्यक्रममा वोल्ने वक्ताहरुले सार्वजनिक पद धारण गरेका व्यक्तिहरु कुनै संघ संस्थाको सम्मानमा आयोजित भोज भतेर र सम्मानमा नलाग्न आग्रह समेत गरेका छन् । सो अवसरमा वोल्दै कास्कीका स्थानीय विकास अधिकारी दामोदार भण्डारीले आफू कुनै पनि संघ संस्थाको सम्मान र भोजमा सहभागी नहुने प्रतिवद्धता जनाए । उनले कास्कीमा जेठ मसान्तसम्म ५० प्रतिशत पूँजीगत खर्च भएको वताउँदै समयमा काम सम्पन्न गर्न निर्देशन दिने गरेको वताए । सो अवसरमा अख्तियारका गतिविधि प्रस्तुत गर्दै अख्तियार क्षेत्रीय कार्यालय पोखराका प्रमुख डिल्ली शर्माले अख्तियारले सवै कुरा आफैले गर्न नसक्ने भएकोले सदाचारको लागि सवै निकायलाई आव्हान गर्ने वताए । उनले यो क्षेत्रमा सवै भन्दा वढी शिक्षामा ४४ प्रतिशत उजुरी आएको र त्यसपछि २१ प्रतिशत उजुरी स्थानीय निकायका भएको दावी गरे ।

उनले रकम खर्च गर्ने कार्यालयलाई मात्र नभएर रकम खर्च नगरिकन वस्ने कार्यालयहरुलाई पनि अव निगरानीमा राखिने वताए ।

सोडेक नेपालका कार्यकारी निर्देशक डा पियुषराज मिश्रले स्थानीय समाजलाई भ्रष्टाचार मुक्त वनाउनको लागि संस्थाले अभियान थालेको वताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप