बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

आकर्षक पहिरन सहित र्याम्पमा अभिनेत्री

सोमबार, ३१ जेठ २०७३, १६ : ३४
सोमबार, ३१ जेठ २०७३

काठमाडौ - अभिनेत्री अनु शाह र जेनिसा केसी बिभिन्न पहिरनका साथ र्याम्पमा देखिएका छन् । फाइर डिस्को लन्च ठमेलले शनिबार अबेर साँझ आयोजना गरेको ‘फाइर अन द र्याम्प’ नाम फेसन शोमा उनिहरु आकर्षक पहिरन सहित र्याम्पमा उत्रिएका हुन् । म्युजिक भिडियो र चलचित्र अभिनयमा सफल चिनिएकी अनुले र्याम्प सो आफ्ना लागी नयाँ हनभव रहेको बताइन् । उनले फेसन शोको छुट्टै क्रेज भएकोले पनि आफुलाई यसले आकर्षित गरेको सुनाइन् । बडिविडिङ, क्याजुल, सनग्लास, सेलिबे्रटी वाकलगायत ६ सिक्वेलमा उनिहरुले र्याम्प नापेका थिए । उनिहरुका साथमा अन्तराष्ट्रिय मोडल दिपक घिमिरे, मिष्टर नेपाल सदिप पोखरेल, गणेश अग्रवाल, सुरज चिल्वाल र मोडल नहिन शाहीलगायत १२ केटा र १६ केटी व्यवसायिक मोडलहरु समेत र्याम्पका उत्रिएका थिए । कार्यक्रमका कोरियोग्राफर समेत रहेका नेपाल मोडलिङ संघका अध्यक्ष दिनेश शाही पनि १४ बर्ष पछि र्याम्पका देखिए । चर्चित गायक धिरज ,बुनु राई , सन्तोस खड्गी ,दर्शन शाहीलगायतको जोडदार संगीतिक प्रस्तुति सहित चलेको फेसन सो फाइर डिस्कोले हालै लन्चबार बिकाश गरेको उपलक्ष्यमा आयोजना गरेको हो । लन्च बारमा हरेक दिन नयाँ नयाँ ब्याण्डले सांगीतिक प्रस्तुति राख्ने कार्यक्रममा जानकारी दिइयो । डिस्कोले हरेक महिनाको अन्तिम शनिबार सेलिबे्रटीको सहभागितामा फेसन शो आयोजना डिस्कोका चियरमेन समिर शाहले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप