बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पुनःनिर्माण प्रभावकारी बनाउन स्थानीय निर्वाचन माग

सोमबार, ३१ जेठ २०७३, १० : २२
सोमबार, ३१ जेठ २०७३
काठमाडौँ– पुनःनिर्माणको कामलाई प्रभावकारी रुपमा अघि बढाउन स्थानीयस्तरको निर्वाचन आवश्यक रहेको बताइएको छ । महिला कानुन विकास मञ्चले आज यहाँ आयोजना गरेको भूकम्पपछिको पुनःनिर्माणमा लैङ्गिक तथा सामाजिक समावेशीकरणको अनुगमन छलफल कार्यक्रम वक्ताले वास्तविक पीडितको समस्या बुझ्न पनि निर्वाचन आवश्यक रहेको बताए । कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका उपसचिव डा भीष्म भुसालले भूकम्पबाट प्रभावितहरुलाई आफ्नो आवास निर्माणको काम गर्दा सोसम्बन्धी सरकारले बनाएको नीतिनियमको पालना गर्दै काम गर्न आग्रह गरे । मञ्चका अध्यक्ष अधिवक्ता मीरा ढुङ्गानाले भूकम्प प्रभावित जिल्लामा सहयोग गर्दा सरकाले सो स्थानको आवश्यकता हेरी लैङ्गिक समावेशिताका आधारमा सहयोग गर्नुपर्नेमा जोड दिइन् । मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले संस्थाले केही समयअघि गोरखा, धादिङ, रसुवा, काठमाडौँ, दोलखा र सिन्धुपाल्चोकमा गरेको एक अध्ययनले भूकम्पपीडित भौतिक रुपमा मात्र नभई मानसिक रुपमा पनि पीडित भएकाले सहजताका लागि परामर्शको व्यवस्था गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागीले पुनःनिर्माण प्राधिकरण पुनःनिर्माणको काम कछुवाको गतिमा मात्र गएको बताउँदै भूकम्पले प्रभावित जिल्लाका केही स्थानमा ठूलो समस्याका रुपमा पानीको हाहाकार भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप