बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

दिल्लीबाट एक नेपाली बेपता

सोमबार, ३१ जेठ २०७३, १७ : २६
सोमबार, ३१ जेठ २०७३

राजविराज - सप्तरीबाट रोजगारीका लागि पञ्जाव गएका एक नेपाली भारतको नयाँ दिल्लीबाट बेपत्ता भएका छन् । सप्तरीको पातो गाविस–१ निवासी ३५ वर्षीय राजु मण्डल आफ्नै गाउँकै साथीसँग रोजगारीको सिलसिलामा पञ्जाव जाने क्रममा भारतको नयाँ दिल्लीस्थित ट्रेनको प्लेटफार्म–५ बाट बेपत्ता भएको उनका परिवारजनले जनाएको छ । भाइ बलिया मण्डलका अनुसार दुई दिनअगाडि घरबाट हिँडेको दाइ दिल्ली पुगेपछि सम्पर्कविहीन भएको जानकारी दिनुभयो । मण्डल बेपत्ता भएपछि उनको परिवारमा अहिले रुवावासी छ । यसैबीच, बेपत्ता भएका आफ्ना दाइलाई भारतबाट खोजी गरी नेपाल फर्काई दिन हुन भाइ बलियाले नेपाल सरकारसँग आग्रह गर्नुभएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप