बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

शनिबार जन्मेको मलाई साँढेसातको दशाग्रह लाग्दैनः प्रधानमन्त्री

सोमबार, ३१ जेठ २०७३, १७ : ३४
सोमबार, ३१ जेठ २०७३
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्म शनिबार भएकाले शनि ग्रहले आफूलाई दुःख नदिने र शनिको साँढेसातको दशाग्रहसमेत नलाग्ने दाबी गरेका छन् । उनले भने “मैले कहिल्यै शनिले दुःख दिन्छ कि दिँदैन भनी ग्रहदशा हेराउने काम गरिन र अब पनि गर्दिनँ, हामीले शनिलाई हेरेर हुँदैन, उसले हामीलाई हेरेमात्र दशा लाग्ने हो ।” बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिद्वारा खगोल र अन्तरिक्ष विज्ञानसम्बन्धी आज आयोजित गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले शनिसित मान्छेलाई देख्ने टेलिस्कोप छैन, केको दशा लाग्नुर ? भन्ने प्रश्न गरे । तीनदिने सो गोष्ठीमा दश जोड दुई, प्रमाणपत्र तहदेखि स्नातकोत्तर तहसम्म विज्ञान विषय अध्ययन गर्ने करिब एक सय प्रतिभाशाली छात्रछात्राको सहभागिता रहेको छ । उनीहरुलाई पछिल्लो समयमा खगोल र अन्तरिक्ष विज्ञानको अध्ययन, अनुसन्धानमा लागेका वैज्ञानिकले गरिरहेका अनुसन्धान, उपलब्धि र यस क्षेत्रमा नेपाल सरकारले गरेका कामका बारेमा जानकारी दिने कार्यक्रम रहेको छ । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी संस्थाले चन्द्रमामा नेपालको तर्फबाट रकेट प्रक्षेपण गर्ने अति महत्वकाङ्क्षी योजनाले काम गरिरहेको जनाएको छ । यसका लागि उसले नगरकोटमा वेदशाला स्थापना गरी कामसमेत गरिराखेको छ । प्रधानमन्त्री ओलीले प्रश्न गरे–“लगाउने जुत्ता, कपडा च्यातिएको छ, लिपिस्टिक र पाउडरमात्र लगाएर के गर्नु, अहिलेको हाम्रो विकासको प्रयास यस्तै छ, सबैतिर फाटेको छ, कति ठाउँमा टाल्नु रु छिटो छिटो विकास गर्छुभन्दा हावादारी कुरा ग¥यो भन्छन् ।” उनले अन्तरिक्षमा नेपालले आफ्नै स्थान लिनुपर्छ भन्दै यसले दूरसञ्चारले सहयोग पु¥याउने चर्चा गरे । सरकार खगोल र अन्तरिक्ष विज्ञानको विकास गर्न प्रतिबद्ध रहेको समेत उनको भनाई छ । कार्यक्रममा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव अनुपराज उपाध्यायले नेपालको हावापानी सुहाउँदो विज्ञान प्रविधिको विकास गर्न मन्त्रालयले काम जारी राखेको चर्चा गरे । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरीका सहकार्यकारी निर्देशक प्रा सनतकुमार शर्माले सरकारले रु एक अर्ब लगानी गर्ने हो भने चन्द्रमामा रकेट पु¥याउने क्षमता आफूहरुमा भएको जानकारी दिँदै खगोल विज्ञानको विकासले समग्र विकासलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । सो संस्थाका कार्यकारी निर्देशक प्रा डा शोभाकान्त लामिछानेले खगोल र अन्तरिक्ष विज्ञानको अध्ययन, अनुसन्धान तथा प्रवद्र्धन गर्न संस्थाले विभिन्न काम गरेको बताए । खगोल र अन्तरीक्ष विज्ञानका प्राडा उदयराज खनालले अकाशको अध्ययन गरेर के हुन्छ रु भन्ने होइन सबैथोक यसैमा छ भन्ने भावना सरकारले लिनुपर्छ र यस क्षेत्रमा लगानी बढाउनुपर्छ भने । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप