मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

ठमेल २४सै घन्टा खुल्ला राख्न सकिन्छ : गृहमन्त्री बस्नेत

सोमबार, ३१ जेठ २०७३, १९ : ०९
सोमबार, ३१ जेठ २०७३

काठमाडौं -  गृह मन्त्री शक्ति बहादुर बस्नेतले पर्यटकीय क्षेत्र ठमेललाई २४सै घन्टा खुल्ला राख्न सकिने बताए । गन्तव्य नेपाल न्यूज डटकमको दोस्रो बार्षिकोत्सव तथा पर्यटनमा सुरक्षा बिषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले पर्यटन व्यावसायीहरुको माग सम्बोधन गर्न सरकार लागिपर्ने बताउनुभएको हो । मन्त्री बस्नेतले पर्यटन क्षेत्रको समग्र सुरक्षा व्यवस्था चुस्त राख्नको लागि सरकार प्रतिवद्ध रहेको समेत बताए ।

त्यस्तै कार्यक्रममा नेपाली कांगे्रसका केन्द्रिय सदस्य अर्जुन नरसिंह केसीले पर्यटन क्षेत्रलाई सुरक्षित बनाउन सरकारसँग माग गर्नुभयो । केसीले पर्यटन उद्योग नेपालको अर्थतन्त्रको मुख्य आधार भएकाले पर्यटन क्षेत्रमा व्यवसायीको लगानि र पर्यटकको सुरक्षामा सरकारले बिशेष रणनिति अपनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा गन्तव्य नेपाल न्यूज पब्लिकेशनका अध्यक्ष शिव अधिकारीले सरकारले व्यवसायी तथा विज्ञहरु संग छलफल नगरेरै हचुवाको भरमा २०७३ लाई आन्तरिक भ्रमण बर्ष घोषणा गरेको प्रति आपत्ति जनाए । देशैभरिका पर्यटकीय क्षेत्रको विकास तथा विस्तारमा सरकारले व्यवसायी संग हातेमालो गरेर अगाडि बढ्नुपर्ने कुरामा जोड दिदै अधिकारीले ठमेल क्षेत्रलाई चौबिसै घन्टा खुल्ला राख्नको लागि व्यवसायीले बुलन्द रुपमा आवाज उठाउनु पर्ने बताए । कार्यक्रममा नेकपा एमाले पर्यटन विभागका अध्यक्ष सूर्य थापा, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलिया, नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य राजेन्द्र सापकोटा, एकिकृत पर्यटन व्यावसायी मञ्चका अध्यक्ष गणेश सिंखडा लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रममा भूकम्प क्षतबिक्षत बनाएको लाङटाङ क्षेत्रको पर्यटन बजारलाई उकास्न तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पर्यटन सुरक्षित रहेको सन्देस फैलाउने कार्यमा बिशेष योगदान पुर्याएको भन्दै ट्रेकिङ एजेन्सिज एशोसिएन अफ नेपाल (टान)का उपाध्यक्ष तथा हिमालयन सोसियल जर्नि ट्रेक्सका प्रबन्ध निर्देशक रामप्रसाद सापकोटालाई लाङटाङ सद्भावना दुत २०१६ बाट सम्मान गरिएको थियो ।

यसैगरी रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष तथा रसुवा ट्रेक्स एण्ड एक्सपिडिसनका प्रबन्ध निर्देशक बलराम न्यौपानेलाई लाङटाङ धरोहर अवार्डबाट सम्मान गरिएको थियो । कार्यक्रममा पर्यटन क्षेत्रको विकास तथा विस्तारमा योगदान पुर्याउने चोयू ट्रेकिङका निमानुरु शेर्पा, फेवा टूर्स एण्ड ट्राभलका उज्वल अर्याल, नेपाल कम्र्फट टूर्स सर्भिसका रामशरण कार्की, हिमालयन रक टूर एण्ड एक्सपिडिसनका राममणि सापकोटा, पस्मिना एभिन्यूका भिमनिधी अधिकारी, गोल्डन आइज रेष्टुरेन्टका रघु चौधरी, रेज अफ होप नेपालकी गिता गुरुङ, टुर्स एक्प्रेस एण्ड भेइकल सर्भिसका सन्तोस न्यौपाने, द एभरेस्ट होलिडेका श्रृजन सिंखडालाई सम्मान गरिएको थियो । यस्तै हिम थाइ रेष्टुरेन्टका मधुकुमार केशी, बज्र टूर्स सर्भिसका धिरज बज्राचार्य, जर्मन टूरिष्ट गाइड भाइकृष्ण खड्का, यूरोसिया एक्सपोर्ट एण्ड कार्गोका रामकुमार थपलियालाई पनि सम्मान गरिएको थियो ।

त्यस्तै पत्रकारिताको माध्यमबाट पर्यटन क्षेत्रको स्तोरोन्नतीका लागि योगदान गरेका गोरखापत्र राष्ट्रिय दैनिकका उपसम्पादक शरदराज सुवेदी, नेपाल टेलिभिजनका समाचार सम्पादक बद्रि गौतम, जनसवाल दैनिकका सम्पादक राम्जी बगाले, ईमेज टेलिभिजनका समाचारदाता प्रतिक लामिछाने, रातोपाटि डटकमका समाचारदाता सुजन पन्तलाई समेत सम्मान प्रदान गरिएको थियो । गन्तब्य नेपालका अध्यक्ष शिव अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा राजनितिज्ञ, पर्यटन व्यावसायी, पत्रकार लगायत बिभिन्न क्षेत्रका बिशिष्ट ब्यक्तिहरुको बाक्लो उपस्थिीती थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप