बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

माइक्रोसफ्टले २६.२ अर्ब अमेरिकी डलरमा लिङ्क्डइनलाई किन्ने

सोमबार, ३१ जेठ २०७३, २२ : २२
सोमबार, ३१ जेठ २०७३

वासिङटन,- विश्व प्रसिद्ध सफ्टवेयर कम्पनी माइक्रोसफ्टले सामाजिक सञ्जाल लिङ्क्डइनलाई २६.२ अर्ब अमेरिकी डलरमा किन्ने सम्झौतामा हस्ताक्षर भएको सोमबार जनाएको छ ।

सम्झौताले विश्वका नेतृत्वदायी व्यवसायिक आकाश विश्वको नेतृत्वदायी व्यवसायिक सञ्जालमा एकाकार गर्ने माइक्रोसफ्टका कार्यकारी प्रमुख सत्य नाडेलाले एक वक्तव्य जारी गरी जनाउनुभएको छ । लिङ्क्डइन र माइक्रोसफ्ट कम्पनीले संयुक्त रुपमा वक्तव्य जारी गरी बताएका छन् लिङ्क्डइनका कार्यकारी प्रमुख जेफ वेनरको नेतृत्वमा लिङ्क्डइनका गतिविधि चल्ने छन् भने माइक्रोसफ्टका कार्यकारी प्रमुख सत्य नाडेलाले माइक्रसफ्टका कार्य पूववत तरिकाले हेर्नुहुनेछ । जसरी लिङ्क्डइनले विश्वलाई मौकासँग जोडेको छ, माइक्रोसफ्ट र लिङ्क्डइनको मिलनपछि यसको सञ्जालले विश्वले गर्ने कामलाई जोड्ने मौका प्रदान गर्ने छ, वेनरले बताउनुभयो । उनीहरुले गरेको सम्झौता सन् २०१६ मा नै कार्यान्वयनमा ल्याइने छ । कदमले माइक्रोसफ्टलाई मात्रै सफ्टवेयर कम्पनीभन्दा माथि उठाउने छ भने लिङ्क्डइनको सामाजिक सञ्जालको उन्नति पथका लागि प्रोत्साहन गर्नेछ । लिङ्क्डइनको अहिले विश्वभर चार अर्ब तीन करोड ३० लाख सदस्य रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप