बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

उत्तरी जापानमा भालुको आक्रमणबाट चारको मृत्यु

सोमबार, ३१ जेठ २०७३, २२ : ३९
सोमबार, ३१ जेठ २०७३

 

टोकियो- जापानको उत्तरी इलाकामा जङ्गलमा वाँसका तामा खोज्न हिँडेका चार जना गाउँलेलाई भालुले आक्रमण गर्दाे मृत्यु भएको छ ।

उत्तरी जापानमा अवस्थित एक ग्रामीण इलाकामा गएका तीन हप्ताभित्र छुट्टाछुट्टै भएका भालुको आक्रमणमा परी उनीहरुको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ । एक महिलासहित चार जनाको मृत शरीरमा भालुले टोकेका डामहरु भेटिएको पाइएको कोजुनो प्रहरी कार्यालयका प्रवक्ता नोबुरु ओबुकावाले बताउनुभयो । करिब २.५ किलोमिटरको हिमाली भूभागमा भएको उक्त घटनामा मारिनेमा प्रायः ६५–७० उमेर समूहका वृद्धवृद्धा रहेका छन् । प्रहरीले उक्त क्षेत्रमा सावधानीका साथ हिँड्न गाउँलेलाई सचेत गरेको छ । जापानको वातावरण मन्त्रालयको तथ्याङ्क अनुसार सन् २०१४ को अप्रिलदेखि सन् २०१६ को मार्च सम्ममा १६८ भालु आक्रमण भएका र त्यसबाट १७६ मानिसको मृत्यु तथा घाइते भएका जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप