बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

गोपीकृष्ण पंगेनीको रोइला बजारमा (भिडियोसहित)

मङ्गलबार, ३२ जेठ २०७३, ०८ : ०९
मङ्गलबार, ३२ जेठ २०७३

युएई–युएईमा रोजगारीको शिलशिलामा रहेर पनि नेपाली गीत/संगितमा निरन्तर क्रियाशिल लोक तथा दोहोरी गायक गोपीकृष्ण पंगेनीको ‘मायाले मन बराल्छ’ बोलको रोइला गीत बजारमा आएको छ ।

चर्चित सर्जक एकनारायण भण्डारीको शब्द र लय रहेको ‘मायाले मन बराल्छ’ गीतलाई सितारा म्यूजिक प्रालीले बजारमा ल्याएको हो । गीतमा गायक गोपी कृष्ण पंगेनीलाई गायिका देवी घर्तीले स्वरमा साथ दिएकी छिन् । शंकर विसीको निर्देशन तथा शंकर विसी र अञ्जली अधिकारीको अभिनय रहेको उक्त गीतको भिडीयो सम्पादन नविन घर्तीले गरेका हुन ।

सानै उमेरदेखि पढाइभन्दा पनि गीत र संगीतमा रमाउने उनले नेपालमा विभिन्न कार्यक्रमहरुमा गीतहरु गाउने गर्थे । युएई आएपछि परदेशीको व्यथा र समस्याहरुलाई समेटेर ‘म त परदेशी’ गीतले सन्तोष दिएको उनले बताए ।

युएईमा गीत संगीतको यात्रा संगै उनी समाजिक क्रियाकलापमा पनि संलग्न छन । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युएईको महासचिव रहेका उनी गैर–आवासिय नेपाली संघ युएईको साँस्कृतिक विभाग संयोजक पनि रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप