मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

साहसिक पर्यटन गाईड तालिम सुरु

मङ्गलबार, ३२ जेठ २०७३, ०८ : १८
मङ्गलबार, ३२ जेठ २०७३

काठमाडौं– ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) र एड्भेन्चर ट्राभल ट्रेड एसोसियसन (आट्टा) अमेरिकाको संयुक्त आयोजनामा ८ दिने साहसिक पर्यटन गाईड तालिम टान केन्द्रीय कार्यालय मालिगाउँमा सुरु भएको छ ।

तालिम उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै टानका महासचिव कर्ण लामाले नेपाललाई साहसिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्न दक्ष जनशक्तिको आवश्यकता महशुस गरी तालिम संचालन गरेको बताउँदै नेपालमा साहसिक पर्यटनको प्रचुर सम्भावना रहेको बताए ।

तालिम कार्यक्रममा साहसिक पर्यटन, सुरक्षा र जोखिम, समूह व्यवस्थापन, प्राकृतिक, ऐतिहासिक सम्पदाको व्याख्या शैली, दिगो पर्यटन व्यवस्थापन, आकस्मिक प्राथमिक उपचार विषयमा विज्ञ विदेशी प्रशिक्षकहरुबाट तालिम प्रदान गरिनेछ ।

प्रशिक्षार्थीहरुलाई प्रयोगात्मक तालिमको लागि शिवपुरी राष्ट्रिय निकुञ्जमा लगेर आवासिय तालिमको समेत प्रबन्ध गरिएको टानका तालिम संयोजक शितल चन्द्र धरेलले बताए ।

तालिम कार्यक्रममा लामो समयदेखि साहसिक पर्यटन प्रशिक्षणमा संलग्न रहँदै आएका डान मुर, गोडेन, जिन क्लाउड, सुसान र पेगीले प्रशिक्षण दिनेछन् । नेपालमा पहिलो चोटी गाईडहरुको क्षमता अभिवृद्धिको लागि अन्तर्राष्ट्रिय स्तरको तालिम आयोजना भएको सार्मथ्यका पर्यटन व्यवस्थापन सल्लाहकार प्रनिल उपाध्यायले बताए ।

विश्वमा पर्यटन क्षेत्रको योगदान कुल ग्राहस्थ उत्पादनमा ११ प्रतिशत रहेपनि नेपालमा जम्मा ९ प्रतिशत मात्रै रहेको तथ्याङक छ । पछिल्लो समय विश्वभर ६५ प्रतिशतका दरले साहसिक पर्यटनको व्यवसाय बढिरहेको तथ्याङक सार्वजनिक भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप