बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सान्त्वना जितसँगै उरुग्वेको कोपा अमेरिकाको यात्रा अन्त्य

मङ्गलबार, ३२ जेठ २०७३, १० : ४३
मङ्गलबार, ३२ जेठ २०७३

क्यालिफोर्निया – जमाइकाबिरुद्ध सान्त्वना जित हासिल गर्दै उरुग्वेले निराशजनक कोपा अमेरिकाको यात्राको अन्त्य गरेको छ । मंगलबार सम्पन्न खेलमा उरुग्वे ३–० ले विजयी बन्यो ।

पहिलो दुई खेलमा पराजय बेहोर्दै उरुग्वे प्रतियोगिताबाट पहिले नै बाहिरिसकेको छ । यसका बावजुद प्रशिक्षक ओस्कार ताबारेजले बलियो टोली मैदानमा उतारेका थिए ।

उरुग्वेलाई जित दिलाउन अबेल हर्नान्डेज, माथियास कोरुहोले एक–एक गोल गरे र जे भान वाटसनले आत्मघाती गोल गरे ।

जीतसँगै उरुग्वेले कोपा अमेरिकामा ५ खेलको जीतविहिन श्रृंखलाको अन्त्य गरेको छ । यसअघि उरुग्वले पछिल्लो पटक चिलीमा भएको कोपा अमेरिकामा जमाइकामाथिनै १–० को जीत हासिल गरेको थियो ।

सन् १९९७ पछि उरुग्वे पहिलो पटक कोपा अमेरिकाको समूह चरणबाटै बाहिरिएको हो ।

उता, भेनेजुएलालाई बराबरीमा रोक्दै मेक्सिको समूह सीको शीर्ष स्थानमा रहँदै प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

जोसे भेलाजक्वेजले भेनेजुएलालाई अग्रता दिलाए पनि जिसस कोरोनाले मेक्सिकोलाई बराबरीमा ल्याए ।

दोस्रो बन्दै भेनेजुएला पनि अर्को चरणमा प्रवेश गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप