बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

भालुको आक्रमणबाट महिला गम्भीर घाइते

मङ्गलबार, ३२ जेठ २०७३, ११ : १४
मङ्गलबार, ३२ जेठ २०७३
डोटी - डोटीमा भालुको आक्रमणद्वारा सोमबार एक महिला घाइते भएकी छन् । दीपायल सिलगढी नगरपालिका–३ थाप्ला निवासी ३८ वर्षीया धना मलासीलाई भालुले आक्रमण गरेको हो । भालुको आक्रमणबाट उनको आँखामा चोट लागेको उनका आफन्तले बताएका छन् । आक्रमणबाट मलासीको घाँटी, नाक र बाँया खुट्टामा पनि चोट लागेको जिल्ला अस्पताल डोटीले जनाएको छ । सोमबार साँझ ४ बजेतिर घाँस काटेर घर फर्किँदै गरेको अवस्थामा थाप्ला नजिकै एक्लै रहेको अवस्थामा एक्कासि भालुले उनलाई आक्रमण गरेको थियो । आक्रमण गर्ने बित्तिकै आफूसँग भएको हँसियाले प्रतिकार गर्दा भालु भागेको र उनको ज्यान जोगिएको परिवार स्रोतले जनाएको छ । गम्भीर चोट लागेकाले मलासीलाई आज बिहानै गेटा आँखा अस्पताल धनगढी लगिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप