बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

उपभोक्तालाई ठगी गर्ने १६४ व्यवसायीविरुद्ध मुद्दा दायर

मङ्गलबार, ३२ जेठ २०७३, ११ : २४
मङ्गलबार, ३२ जेठ २०७३

काठमाडौँ - खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालु आव २०७२–७३ को वैशाख मसान्तसम्ममा १६४ उद्योगी तथा व्यवसायीलाई मुद्दा दायर गरेको छ ।

विभागले अनियमितता गर्ने तथा उपभोक्तालाई ठगी गर्ने व्यवसायीलाई मुद्दा दायर गरेको प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए ।

बजार अनुगमनका क्रममा घ्यु, तेल, मसला, चाउचाउ, केही अन्न, पानी, दूधलगायतका उद्योगलाई मुद्दा लगाइएको हो । नमुना हेरी प्रयोगशालामा जाँच गर्दा ती उत्पादनमा कमी कमजोरी पाइएको प्रवक्ता वस्तीले बताए ।

बजार अनुमनमा दुई हजार ३० नमुना सङ्कलन गर्ने लक्ष्य राखिएकोमा एक हजार ८१४ नमुना सङ्कलन गरिएको छ ।

यसैबीच, विभागलाई चालु आवमा करिब रु २२ करोड बजेट विनियोजन गरिएकोमा आगामी आवमा रु नौ करोड बजेट थप गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप