बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

वार्ताका लागि सरकारले पठाएको पत्र स्वागतयोग्य : अनिल झा

मङ्गलबार, ३२ जेठ २०७३, ११ : ४२
मङ्गलबार, ३२ जेठ २०७३

इनरुवा  – नेपाल सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष अनिल झाले अहिलेको सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई वार्ताका लागि पठाएको पत्र स्वागतयोग्य रहेको बताएका छन् ।

झाले सरकारले पठाएको पत्र एकदमै सकारात्मक भएका कारण अब मोर्चाको बैठक बसेर कहिले वार्ता गर्ने त्यो टुङ्गो लाग्ने बताए ।

मोर्चा कै एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो बाहिर भएका कारण मोर्चाको बैठक बस्न नसकेको बताउँदै उनले अब महतो आउने बित्तिकै बैठक बसेर कहिले सरकारसँग वार्ता गर्ने टुङ्गो लगाउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप