मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

२६ बर्षीय युवाको कृषि क्रान्ति : १८ महिनामा ७० लाखको कारोबार

मङ्गलबार, ३२ जेठ २०७३, १२ : २३
मङ्गलबार, ३२ जेठ २०७३

गुल्मी– सुन्दा पत्यार नलाग्ने गरी गुल्मीका एक युवाले कृषि क्षेत्रमा चमत्कार ल्याएका छन् । उनी भर्खर २६ वर्षका भए । तर, कारोबार चाहीँ करोडको आसपास छ ।

२०६४ सालमा एसएलसी परिक्षा दिएपछि व्यवसायिक कृषि क्षेत्रमा लागेका थिए उनी । अहिले चाहिँ डिग्री गर्दैछन् । पढाईसँगै कृषि क्षेत्रमा लागेका उनी अहिले यस जिल्लाका अगुवा युवा कृषक हुन् ।

जसको पुष्टि जिल्ला कृषि विकास कार्यालय गुल्मीले उनलाई उत्कृष्ट कृषकका रुपमा गरेको सम्मानले गर्दछ । त्यति मात्र नभएर उनलाई दर्जनौं संघ–संस्थाले पनि सम्मान गरेका छन् । उनको कृषि फर्ममा अटी नअटाई तरकारी फलेको छ । र त्यति नै घरमा अटी नअटाई सम्मान पत्र छन् ।

उनी हुन् अस्लेवा–५ का २६ वर्षिष युवा अर्जुन कनौजे । जसले हालै पैंचो पसल प्रा.लि.वलेटक्सार गुल्मीबाट गत डेढ वर्षको अवधिमा तरकारीबाट ७० लाख बराबरको कारोबार गरेका छन् । त्यही बापत उनले सम्मान पत्र पाएका छन् ।

उनले हाल अस्लेवाफाँटको ३ सय रोपनी क्षेत्रफलमा तरकारी खेती गरेका छन् । कृषिसंगै पशुपालन पनि सुरु गरेका कनौजेले ७० वटा बाख्रा र २० वटा भैसी पालेका छन् ।

नातीको पौरखबाट हौसिदै हरवखत कृषि फममै काम गर्न सुरु गरेका उनका ९६ वर्षका हजुर वुवा कलाधर कनौजेले कामदारकै जति पारिश्रमिक लिने हो भने महिनामा कम्तीमा १० हजार कमाउँछन् ।

हरेक दिन विहान नाती पहिला उठेर तरकारी फर्ममा जानेकी हजुर वुवा भन्ने प्रतिस्पर्धा नै चल्छ । कृषि फर्ममा पुगे पछि ९६ बर्षीय हजुर वुवले ढोको वोकेर टिप्न मिल्ने तरकारी टिप्छन्, कुहेकोलाई फाल्छन् ।

उनले आफुसंगै १२ जना कामदारलाई पनि कजाउँछन् । नाती भने हजुर वुुवाले टिपेको तरकारी गाडीमा हालेर वजारमा वेच्न लैजान्छन् । हजुर वुवा कनौजे भन्छन्– ‘काम नगरी वसी खाँदा पो विरामी र बुढो भईदो रहेछ, जव खेतमा काम गर्न थालेँ तव निरोगी र तन्नेरी पो हुन थालँे । ’

आफ्नो १०/१२ रोपनी खेतबाट व्यवसायीक कृषि सुरु गरेका कनौजेले अरु सवै भाडामा लिएका हुन् । उनलाई फेशवुक प्रयोगकर्ताले स्टाटसमा ‘क्रान्तिकारी किशान अर्जुन कनौजे’ को उपाधी दिएका छन् । कनौजे भन्छन्–‘हो मेरा शुभचिन्तकहरुले भने झैं मैले कृषिमा क्रान्ति नै ल्याउन चाहेर पढाईसंगै यस क्षेत्रमा लागेको हुँ ।’ उनले थपे –‘पाल्पमा डिग्री गर्दैछु, म जस्तै युवालाई यहि सन्देश दिन चाहन्छु कि उच्च शिक्षा गर्दै गरेका युवाले सरकारी कार्यालयको कुर्चि र विदेश उड्ने जहाज नखोजौं गाउँकै वारी र खेत खोजौं ।’

उनीबाट अकार्षित भएर त्यस भेगका दर्जनौ युवाहरु पनि अहिले व्यवसायीक कृषिमा लागेका छन् । अस्लेवाको चौरफाँट सदियौं देखि कृषि उत्दापनको उद्गम थलो हो । जहाँ खेतको एउटै गरामा २५ मुरी धान फल्थे । अहिले कनौजे तरकारी खेतीबाट धान , मकै र गहुुँ खेतीकौ चौगुना आम्दानी लिन थालेपछि सवै तरकारी खेतीमा लागेका छन् । कनौजे स्कुले र क्याप्स अध्यायनको बेला राजनीतिमा थिए । हातमा लोरौं बोकेर हिड्थे । लौरो फालेर कोदालो समाते लगत्तै उनी मालमाल भएका हुन् ।

तस्वीरः क्रान्तिकारी कृषकको उपाधी पाएका अर्जुन कनौजे । उनको कृषि फममा तरकारी टिप्दै गरेका उनका ९६ वर्षिय हजुर वुवा कलाधर कनौजे र उनले पाएका सम्मान पत्रहरु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप