मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

प्यूठानमा अब हाइस बस

मङ्गलबार, ३२ जेठ २०७३, १२ : २६
मङ्गलबार, ३२ जेठ २०७३

प्यूठान–स्वर्गद्धारी सार्वजनिक यातायात व्यवसायी समितिले असार १ गते देखि प्यूठानमा हाइस सेवा सञ्चालन गर्ने भएको छ । समितिले आज पत्रकार भेटघाट गरी हाइस सेवा सञ्चालन गर्न लागेको जनाकारी दिएको हो । यहाँका यात्रुहरुले सुरक्षित र सहज यात्रा नभएको भन्दै गुनासो गरेपछि उक्त सेवा सञ्चालनमा ल्याएको समितिका अध्यक्ष सुनिल बस्नेतले बताए । जिल्लामा सडक निर्माण बढेसंगै यातायात सेवालाई पनि विस्तार गरी प्रभावकारी बनाउदै लगेको समितिका महासचिव चन्द्रमान श्रेष्ठले बताए । हाइस गाडी विशेष गरी प्यूठान–काठमाण्डौलाई प्राथमिकतामा राखेर सञ्चालन गरेको र काठमाण्डौं वसपार्क नजिकै वि जि महलमा काउन्टर रहेको श्रेष्ठले जानकारी दिए । भाद्र १ गते देखि डिलक्स सेवा सञ्चालन गर्ने स्वर्गद्धारी समितिले जनाएको छ । स्वर्गद्धारी समितिले भालुवाङ बाहिर प्रत्येक दिन १३ वटा गाडी छुटाउदैं आएको छ भने २ सय भन्दा बढि सवारीहरु यस समिति मार्फत सञ्चालनमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप