मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एक सातामै १४ सय महंगियो सुन, ५६ हजार ६ सय पुग्यो

मङ्गलबार, ३२ जेठ २०७३, १२ : ३३
मङ्गलबार, ३२ जेठ २०७३

काठमाडौं–नेपाली बजारमा एक सातामै सुन मुल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ । मंगलवार नेपाली बजारमा सुन यो महिनाकै उच्च मुल्यमा कारोवार भैरहेको छ ।

यो महिना सवैभन्दा कम प्रतितोला ५४ हजार रुपैयाँसम्म सुनको कारोवार भएको थियो । गत जेठ १७ गते छापावाल सुनको मुल्य ५४ हजार र तेजावी ५३ हजार ७ सय ५० रुपैयाँ प्रतितोलामा किनवेच भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार जेठ २६ गते प्रतितोला ५५ हजार २ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन मंगलवार ५६ हजार ६ सय रुपैयाँ पुगेको हो । यस्तै, २६ गते प्रति तोला ५४ हजार ९ सय ५० रुपैयाँ रहेको तेजावी सुन मंगलवार ५६ हजार ३ सय ५० रुपैयाँमा कारोवार भएको छ । अघिल्लो दिनको तुलनामै पनि सुन प्रति तोला ३ सय रुपैयाँले महंगिएको छ । सोमवार छापावाल सुन प्रति तोला ५६ हजार ३ सय र तेजावी ५६ हजार ५० रुपैयाँमा किनवेच भएको थियो । यो साताको आइतवारवाट सुनको मुल्य ५६ हजार पुगेको थियो । आइतवार छापावाल सुन प्रतितोला ५६ हजार १ सय रुपैयाँमा कारोवार भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप