मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भारतमा जन्मियो छालानै नभएको बच्चा, ४८ घण्टापछि मृत्यु

मङ्गलबार, ३२ जेठ २०७३, १२ : ४३
मङ्गलबार, ३२ जेठ २०७३

नागपुर – भारतको नागपुरमा शरीरमा छाला बिनानै जन्मिएको एक बच्चाको ४८ घण्टापछि निधन भएको छ । यसलाई ‘हार्लेक्वीन बेबी’ भनिन्छ । यो निकै दुर्लभ मानिन्छ ।

यस्तो घटना भारतमा पहिलो पटक भएको बताइएको छ । यस्तो रोग भएको बच्चाको बाहिरी शरीरमा छालाको विकास भएको हुँदैन । जसको कारण बच्चाको भित्री अंगहरु प्रष्ट देखिन्छ । थोरै विकसित छाला पनि चिराचिरा परेको हुन्छ ।

डाक्टरहरुले बच्चालाई बचाउन लामो प्रयास गरे पनि सोमबार राती सो बच्चाको निधन भयो । नागरपुरको लतामंगेशकर अस्पतालमा जन्मिएको बच्चालाई सास फेर्न अप्ठ्यारो भइरहेको थियो । त्यसपछि उसलाई भेन्टिलेटरमा राखिएको थियो । तर, डाक्टरहरुले बचाउनै सकेनन् ।

शनिबार साँझ महाराष्ट्रको विदर्भ क्षेत्रमा बस्ने एक २३ वर्षीय युवतीले उक्त बालिकालाई जन्म दिएकी थिइन् । १.८ किलो तौल भएकी ती बालिकालाई हार्लेक्विन एचथियोसिस नामक दुर्लभ रोग लागेको थियो ।

सन् १७५० पछि अहिलेसम्म विश्वमा यस्तो १२ ममिला मात्र आएको छ । सन् १७५० मा अमेरिकाको साउथ क्लारोलिनमा यस्तो पहिलो मामिला सार्वजनिक भएको थियो भने हालै जर्मनी र पाकिस्तानमा पनि यस्तै बच्चाको जन्म भएको थियो ।

आफू गर्भवती भएपछि ती युवतीले एकपटक पनि सोनोग्राफी नगराएको कारण बालिकाको त्यस्तो स्थितिको बारेमा पत्ता नलागेको डाक्टरहरुले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप