मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

ठूला तीन सडकको विस्तार सुरु

मङ्गलबार, ३२ जेठ २०७३, १३ : ०७
मङ्गलबार, ३२ जेठ २०७३

भक्तपुर– डिभिजन सडक कार्यालय भक्तपुरले जिल्लाका तीन ठूला सडकको विस्तार थालनी गरेको छ । कौशल्टार–बालकोट–बिरुवा सडक, विष्णु कुण्ड– सिद्धिकाली चोक– पुरानो बाटो थिमी सडक र बाखाहा बजारबाट हुलाक रोड हुँदै नगरपालिका कार्यालय– मिलरोड– मनोहरा खोलासम्मको सडक विस्तार सुरु गरिएको हो ।

एक साताका अवधिमा तीन वटै सडकको विस्तारको शिलान्यास गरी काम सुरु गरिएको डिभिजन सडक कार्यालयका प्रमुख इ देवेन्द्र साहले जानकारी दिनुभयो । कौशलटारबाट बालकोट हुँदै बिरुवा जाने सडकमध्ये पहिलो चरणमा रु तीन करोड ७९ लाख ७८ हजारको लागतमा कौशलटारदेखि बालकोटसम्मको एक किमी सडक विस्तार गरिने भएको छ । त्यसपछि अर्को चरणमा बालकोट हुँदै सिरुटार बिरुवासम्म सडक विस्तार हुनेछ ।

त्यसैगरी अरनिको राजमार्गस्थित थिमी चारदोबाटोबाट विष्णुकुण्ड– सिद्धिकाली चोक हुँदै पुरानो बाटो थिमी सडक विस्तार पनि सुरु भएको छ । रु चार करोड नौ लाख ३९ हजार ३८६ को लागतमा डेढ किमी सडक विस्तार सुरु भएको प्रमुख साहले जानकारी दिए ।

त्यसैगरी पुरानो ठिमी–बाखाहा बजारबाट हुलाक रोड हुँदै नगरपालिका कार्यालय– मिलरोड– मनोहरा खोलासम्मको पौने तीन किमी सडक पनि विस्तार सुरु गरिएको छ । रु १० करोड ६१ लाख ६४ हजार ७१४ का लागतमा निर्माण सुरु भएको हो । तीन वटै सडक आगामी दुई वर्षभित्र बनाइने सम्झौता भएको जानकारी दिँदै इ साहले सडक मापदण्डभित्र रहेका भौतिक संरचना भत्काएर विस्तार गरिने ती सडकमा दुवैतर्फ फुटपाथ, ढल, सात मि कालोपत्रे, निकास र ढलको व्यवस्था हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप