मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

यी हुन् अमेरिकी समलिंगी बारमा नरसंहार मच्चाउने, आफै थिए समलिंगी

मङ्गलबार, ३२ जेठ २०७३, १३ : १३
मङ्गलबार, ३२ जेठ २०७३

ओर्लान्डो – आइतबार बिहान अमेरिकाको ओर्लान्डो सहरमा रहेको एक समलिंगी नाइटक्लबमा ४९ जनाको हत्या गर्ने ओमार माटिन आफै पनि समलिंगी रहेको खुलासा भएको छ ।

चरमपन्थी इलामिक सिद्धान्तमा आधारित भएर पल्स नामक नाइटक्लबमा माटिनले गोलीकाण्ड घटाएको अमेरिकी प्रहरीले बताएका छन् ।

तर, उनकी पूर्वपत्नी र कलेजका साथीले भने माटिन पनि आफै ‘गे’ भएको बताएका छन् । यसअघि पनि उनी उक्त क्लबमा दर्जनौं पटक जाने गरेको र गे डेटिङ एप ज्याक्ड प्रयोग गर्ने गरेको पनि खुलासा भएको छ ।

माटिनका पहिलो पत्नी सिटोरा युसुफीबीच सन् २००९ मा भेट भएको थियो र त्यसलगत्तै विवाह भएको थियो । ब्राजिलको टिभी स्टेसन गकरसँग कुरा गर्दै युसुफीले भनेकी छिन् । उनीसँगै उनका मंगेतर मार्सियो डियास पनि रहेका थिए ।

डियाले च्यानललाई माटिनमा समलिंगी भएको संकेत देखिएको युसुफीले आफूले बताएकी छिन् । उनले इस्लामको कारणले माटिनले उक्त गोलीकाण्ड घटाएको आफूलाई यकिन नभएको बताए ।

यता, युसुफीले पनि उनी कुनै आतंकवादी संस्थामा संलग्नभन्दा पनि मानसिक रोगी थिए । एफबिआईले यो कुरा अमेरिकी मिडियालाई नभन्न आग्रह समेत गरेको बताइन् ।

युसुफी र माटिनबीच सन् २०११ मा पारपाचुके भएको थियो । त्यतिबेला उनले माटिनमाथि कुटपिटको आरोप लगाएकी थिइन् ।

यता, पाम बिच पोष्टका अनुसार माटिनको एक केटा साथीले पनि उनी समलिंगी भएको बयान दिएका छन् । नाम उल्लेख नगर्ने सर्तमा ती युवकले माटिनले उनीसँग डेटको प्रस्ताव समेत गरेको बताए ।

दुवै संगै समलिंगी क्लबमा पनि जाने गरेको खुलासा गरे । तर, माटिन सामाजिक रुपमा अनौठो थिए । ‘माटिन मेरा साथीहरुसँग मिल्न खोज्थे । तर, उनी अनौठो थिए । कसैले उनलाई मनपराउँदैन थियो,’ उनले भनेका छन् ।

दुवैले सन् २००६ मा इन्डियन रिभर कम्युनिटी कलेज प्रहरी एकाडेमीमा अध्ययन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप