मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

किसानलाई निःशुल्क सौर्य ऊर्जा पम्प

मङ्गलबार, ३२ जेठ २०७३, १३ : १८
मङ्गलबार, ३२ जेठ २०७३

मोरङ – कृषि विकास कार्यालयले किसानलाई निःशुल्क सौर्य ऊर्जा पम्प वितरण गरेको छ ।

आकासे पानी र विद्युत् तथा डिजेलबाट सिँचाइ गर्दै आएका किसानले अब सौर्य ऊर्जाबाटै सिँचाइ गर्न थालेका छन् । कार्यालयले पहिलो चरणमा यस वर्ष जिल्लाका तीन ठाउँमा तरकारी खेती गर्दै आएका किसानलाई सो सौर्य ऊर्जा पम्प वितरण गरेको हो ।

इटहरा– ४ मा रहेको कृषि क्रान्ति समूह, वयरवन– २ का किसान बोधनारायण राजवंशी र कटहरी –५ का अशोककुमार सिंहलाई एक÷एक थान सौर्य ऊर्जा पम्प वितरण गरिएको कृषिप्रसार अधिकृत सत्यदेव मण्डलले जानकारी दिनुभयो । सौर्य ऊर्जा पम्प प्राप्त गरेका किसानले बेमौसमी तरकारी खेती गर्दै आएका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप