मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियामा स्पोर्ट डे : पुरुष भलिबलमा जलजला परिवार र महिला भलिबलमा पोखरा समाज बिजयी

मङ्गलबार, ३२ जेठ २०७३, १३ : २४
मङ्गलबार, ३२ जेठ २०७३

सिड्नी - एनआरएन अष्ट्रेलियाले आयोजना गरेको एक दिने भलिबल प्रतियोगिताको फाइनलमा म्याग्दी समाजलाई ३–२ को सेटमा हराउँदै जलजलाले परिवारले जित हासिल गरेको छ । फाइनलमा पहिलो सेट जितेको म्याग्दीले आफ्नो खेललाई कायम राख्न नसक्दा दोस्रो र तेस्रो सेटमा हार बेहोर्नुपरेको थियो ।

प्रतियोगितामा बेष्ट प्लेयर अफ द टुर्नामेन्ट जलजला परिवारका होम भण्डारी घोषित भए भने बेष्ट लिफ्टर अफ टुर्नामेन्ट म्याग्दी सेवा समितिका खिम पुर्जा घोषित भएका थिए ।

उक्त प्रतियोगितामा बेष्ट ब्लकर जलजला परिवार म्याग्दीका खेम केसी घोषित भए भने स्पाईकर्स अफ द टुर्नामेन्टको रुपमा म्याग्दी सेवा समितिका केशव पुनलाई पुरस्कृत भए । यसैगरी महिलातर्फको भलिबलप्रतियोगितामा पोखरा समाज विजयी बनेको छ ।

महिलातर्फको खेलमा भने पोखराले जलजलालार्इ सिधा सेटमा हराउँदै पहिलो स्थान हात पारेको थियो । महिला तर्फ सन्जु मगर उत्कृष्ट खेलाडी घोषित भइन् । उक्त्त भलिबल खेलमा ३५ वर्ष माथि उमेर समूहको भेट्रान्स समूहको खेलमा नेप्लीज रिक्रियसन क्लब एनआरसी विजयी बनेको छ । एबीके लएअर्स एआरएनए कप नाम दिएको उक्ता प्रतियोगिता सिड्नीको म्यारिकभिलस्थित पिसीवाईसी क्लबमा भएको थियो ।

भलिबल प्रतियोगितामा आठ पुरुष टिम र २ महिला टिम सहभागी भएका थिए भने ३५ वर्ष माथिको उमेर समूहको भेट्रान्स समुहमा २ टिमले सभागिता जनाएका थिए । जसमध्ये पुरुषतर्फको एक टिम भुटानी नेपाली समूदायको तर्फबाट रहेको थियो ।

भलिबल प्रतियोगिताका पुरुष विजेतालाई १५ सय र दोस्रो हुनेलाई एक हजार डलरसहित ट्रफी प्रदान गरिने छ । महिला बिजेतालाई भने ट्रफी तथा प्रमाण पत्र प्रदान गरिने एनआरएनए आइ सि सि तथा स्पोर्ट डे संयाजक नन्द गुरुङले बताए । प्रतियोगितामा पुरुष र महिला समुह सहभागी भएपनि महिला बिजेतालाई नगद पुरुस्कारको ब्यबस्था छैन जबकी पुरुष तर्फ नगद पुरुस्कार राशी सहित् शिल्ड प्रदान गरिदै छ ।

एउटै खेलका महिला बिजेतालाई पुरुस्कार बितरणमा किन बिभेद रु भन्ने प्रश्नमा एनआरएन अष्ट्रेलियाका सदस्य तथा खेल संयोजक नन्द गुरुंगले रातोपाटिसँग कुरा गर्दै उनले भने, ‘पहिलो पटक एनआरएन स्पोर्टस डे आयोजना भएको हो । भलिबल प्रतियोगितामा महिलाका तर्फबाट जम्मा २ वटा मात्रै टिम सहभागि थिए र हामीले महिला खेलाडिहरुबाट कुनै दर्ता शुल्क लिएका छैनौ बरु प्रोत्साहन स्वरुप नगद्को सत्ता जिन्सी र प्रमाणपत्र दिए भएका छौ ।’

प्रतियोगिताको उत्घाटन एनआरएन अष्ट्रेलियाको आइसीसि संरक्षक इन्दिरा वन र एनआरएनए अध्यक्ष सुरेन्द्र सिग्देलले गरेका थिए भने विजेता खेलाडीहरुलाई एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष दिनेश पोखरेल, खेलकुद संयोजक नन्द गुरुङ युथ कोर्डिनेटर विजय शर्मा, लगायतले ट्रफी प्रदान गरेका थिए ।

आगामी ३ जुलाईबाट बास्केटबल आयोजना गरिदैछ भने ७ अगष्टका दिन फुटबल हुनेछ , क्रिकेट्को भने मिती तय भएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप