मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनी समाजद्वारा अग्नी पीडितलाई सहयोग

मङ्गलबार, ३२ जेठ २०७३, १३ : ३५
मङ्गलबार, ३२ जेठ २०७३

गुल्मी – वैदेशिक रोजगारका लागि कुवेतमा पुगेका लुम्विनी अञ्चलवासीहरुले गुल्मीको बडागाउँ गाविसका अग्नी पिडितहरुलाई आर्थिक सहयोग गरेका छन् । लुम्विनी समाज नेपाल कुवेद नामक संस्थाले बडागाउँका अग्नी पिडितहरुलाई १ लााख ४० हजार रुपैयाँ नगद सहयोग हस्तान्तण गरेको हो । उक्त रकम समाजका महासचिव रुपेन हमालले सोही स्थानमा पुगी अग्नी पिडित उद्धार समितिलाई हस्तान्तरण गरेका हुन् । कुवेदबाट समाजका अध्यक्ष एचपी खत्रीले बडागाउँका अग्नी पिडितहरुको पिडाले आफुहरुको मन छोएको र तत्काल सहयोग संकलनमा जुटेको बताए । उनले थोरै भए पनि अग्नी पिडितहरुलाई सहयोग गर्न पाएकोमा सन्तोष लागेको बताउँदै सहयोग संकलनका सक्रिय भुमिका निभाउने नवलपरासी निवासी समाजका महासचिव रुपेन हमाल , पाल्पा निवासी सचिव नवराज पन्थी लगायत र सहयोगदाता सवै प्रति आभार प्रकट गरेका छन् । उनि गुल्मीका वासीन्दा हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप