मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बीएनसीसी अध्यक्षमा कँडेल

मङ्गलबार, ३२ जेठ २०७३, १३ : ४७
मङ्गलबार, ३२ जेठ २०७३

काठमाडौं–व्रिटेन नेपाल चेम्वर अफ कमर्स (बीएनसीसी)को अध्यक्षमा राजन कँडेल पुनः सर्वसम्मत निर्वाचित भएका छन् । बीएनसीसीको हालै सम्पन्न साधारण सभाले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ । साधारण सभाले उपाध्यक्षद्वयमा प्रशान्त कुँवर र आलन मर्सल सन्का, कोषाध्यक्षमा इन्द्रा गिरी, र सदस्यहरुमा विराज भट्ट, एस वर्मा र नदिया विलिएम्स निर्वाचित भएका हुन् । नव निर्वाचित कार्यसमितिको कार्याकाल दुई वर्षको हुनेछ । बीएनसीसीको प्रमुख कार्यकारीमा रिचर्ड पेली पुननियुक्त भएको जनाइएको छ । बेलायतका लागि नेपालका कार्यबहाक राजदूत तेजबहादुर क्षेत्रीको प्रमुख आतित्थ्यतामा सम्पन्न सभामा नेपालमा वैदेशिक लगानी भित्र्याउन बेलायतका लगानीकर्ताहरुलाई आव्हन गरेको जनाइएको छ बीएनसीसी बेलायतबाट नेपालमा लगानी तथा व्यापार प्रवद्र्धन गर्ने सबैभन्दा पुरानो संस्था हो । यसको संरक्षक बेलायतस्थित नेपाली राजदूतावास हुने व्यवस्था रहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप