मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

ज्यान मुद्दामा फरार युवक पक्राउ

मङ्गलबार, ३२ जेठ २०७३, १४ : ०१
मङ्गलबार, ३२ जेठ २०७३
बर्दिबास–ज्यान मार्ने मुद्दामा लामो समयदेखि फरार हुँदै आएको १ जनालाई प्रहरीले महोत्तरीको सुन्दरपुरबाट पक्राउ गरेको छ । गएराति प्रहरी चौकी मगरथानाबाट गएको टोलीले सुन्दरपुर १ का २८ बर्षिय अमरेश यादवलाई घरबाटै पक्राउ गरेको हो । अमरेशले वि. सं. २०७१ साल कात्र्तिक ८ गतेका दिन स्थानिय उपेन्द्रराय यादवलाई मरासन्न हुने गरि रडले कुटपिट गरेको प्रहरीले जनाएको छ । सो घटना लगतै फरार रहदै आएको अमरेश घर आएको सुराकी पाएपछि प्रहरी चौकी मगरथानाबाट गएको गस्ती टोलीले अमरेशलाई घरबाटै पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । पक्राउ परेको अमरेशलाई आवश्यक कारवाहीको लागि आजै जिल्ला पठाईने तयारी भईरहेको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप