मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सर्वसाधारणको सम्पत्ती फिर्ता गर्न तयार छौ : युनिटी अध्यक्ष गुरुङ

मङ्गलबार, ३२ जेठ २०७३, १४ : ०५
मङ्गलबार, ३२ जेठ २०७३

काठमाडौ–युनिटी लाइफ इन्टरनेशनल नेपालका अध्यक्ष काशीराम गुरुङले सर्वसाधारणको चल अचल सबै सम्पत्ति फिर्ता गर्न तयार रहेको बताएका छन् । सरकारले चल अचल सबै सम्पत्ति फुकुवा गरिदिने हो भने जनताको सबै दायीत्व फिर्ता गर्न तयार रहेको गुरुङले बताए । ‘ जनता धरै पिडित भए जनताको पैसा फिर्ता गर्न सरकारले उचित बातावरण मिलाइ दिनुप¥यो’ गुरुङले भने । २०६७ जेष्ठ ३ गते देखी कम्पनी बन्द हुँदा ग्राहक सदस्य तथा सम्बन्धीत व्यक्तिहरु कम्पनीले दिने सेवा सुविधाबाट बञ्चित हुन पुगेको अध्यक्ष गुरुङले बताए । गुरुङले युनिटी पुनः निर्माणकार्यमा सहयोग गर्दै मुलुकलाइ कृषिमा आत्म निर्भर बनाउने र रोजगारी तथा स्वरोजगारको वातावरण सृजना गर्ने कार्यमा अग्रसर हुने बताए । युनिटीका कुल ३ लाख ५० हजार सदस्य मध्ये ५० जनाले पनि प्रहरी समक्ष जाहेरी नदिएको गुरुङले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप