मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

१०३ किलो गाँजासहित चार युवा पक्राउ

मङ्गलबार, ३२ जेठ २०७३, १४ : २३
मङ्गलबार, ३२ जेठ २०७३
उदयपुर–एक सय तिन किलोग्राम गाँजासहित चार युवा मंगलबार विहान उदयपुरमा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ओख्ले– ८ का १७ वर्षीय जीवन ठकुरी, ओख्ले– ७ का १७ वर्षकै गणेश हमाल, लेखगाउँ– ८ का १९ वर्षीय रामजी मगर र रुपाटार– ६ का २३ वर्षीय केशव ज्युठकरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ओख्लेबाट चोर बाटो भएर सिराहातर्फ ठूलो परिमाणको अवैध गाँजा सिराहातर्फ लाँदै गरेको भन्ने सुराकीको आधारमा रिस्कु गाविस–७ स्थित पाट्नेबाट पक्राउ गरिएको प्रहरी उपरिक्षक नरबहादुर केसीले बताए । एसपी केसीका अनुसार इप्रकाका प्रहरी निरीक्षक विक्रम लामा नेतृत्वको गस्ती टोलीले विहान २ः३० बजे गाँजासहित चार युवालाई नियन्त्रणमा लिएको हो । गाँजा तस्करको आउजाउ गर्ने चोर बाटो अनुमान लगाउँदै गएको इन्स्पेक्टर लामा नेतृत्वको १४ जनाको गस्ती टोली कुरेर बसेको केहीबेरमै उनीहरु आईपुगेलगत्तै नियन्त्रणमा लिएको थियो । गाँजा बोकेर छ जनाको समूहमा आईरहेका उनीहरु मध्ये दुईजना चाहि प्रहरी देखेर भाग्न सफल भएका छन् । लेखगाउँ ७ का विक्रम ठकुरी र गाविस नखुलेको सिराहाका मेखबहादुर सेनठकुरी फरार भएको प्रारम्भिक बयानबाट खुलेको छ । उनीहरुलाई आज दिउसो इलाका प्रहरी कार्यालय कटारीले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरिरहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप