मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

जब आमाले ज्वाइँलाई बिहे गरेर घर भित्र्याइन्

मङ्गलबार, ३२ जेठ २०७३, १४ : २३
मङ्गलबार, ३२ जेठ २०७३

पटना – बिहारको मध्यपूरा जिल्लामा रहेको एक गाउँमा अनौठो घटना बाहिर आएको छ । एक महिलाले आफ्नो छोरीको पति (ज्वाइँ)सँग प्रेम गर्न पुगिन् । उनीहरुको प्रेमकथा यहाँ नै टुंगिएन, यसलाई अगाडि बढाउँदै विवाह समेत गरे । सासु र ज्वाइँ बनेर घरबाट निक्लेला दुवै पति–पत्नी बनेर घर फर्के । यो देखेर छोरी बेहोस नै बनिन् ।

आशा देवीले केही वर्षअघि आफ्नो छोरीको धुमधामसँग विवाह गराएकी थिइन् । तर, अहिले उनले आफै ज्वाइँसँग पूर्णियामा रहेको अदालतमा विवाह गरिन् ।

बिरामी स्याहार्दा बस्यो प्रेम

विवाहको केही दिनपछि आशा देवीका ज्वाइँ सुरज बिरामी भए । उनी बिरामी भएको खबरपछि उनलाई स्याहार सुसार गर्न उनी त्यहाँ पुगिन् । यही दौरन दुवैबीच प्रेम बस्यो ।

त्यसपछि दुवैबीच घण्टौ फोनमा कुराकानी हुन थाल्यो । सुरजका ससुरा दिल्लीमा काम गर्ने हुँदा उनी आशा देवीलाई भेट्न पनि बारम्बर गईराख्थे । अब उनले आफ्नो पत्नीलाई घरमा छाडेर ससुरालीमा बस्न पुगेका छन् ।

यसमा गाउँमा पंचायतमा राखिएको थियो । तर, पंचायतले प्रेम बसेको हो भने दुवैलाई सँगै बस्न अनुमति दिए । पंचायतको निर्णयबाट दुवै खुसी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप